नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलाई भारतको इण्डियन च्याम्बर अफ कमर्श (ICC) ले बैंकिङ क्षेत्रका चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ।
Advertisement 1
बैंकले ‘Best Bank in MSME Acceleration’ , ‘Best Performance on Asset Quality’ , ‘Best Performance on Profitability’ र ‘Best Commercial Bank’ विधामा सम्मान प्राप्त गरेको हो।
यी पुरस्कार भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले ग्रहण गरेका हुन्।
Advertisement 2
बैंकका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्ट कार्यसम्पादन, सम्पत्तिको गुणस्तर, नाफामुखी व्यवस्थापन तथा साना तथा मझौला उद्यम (एमएसएमई) प्रवद्र्धनप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।
यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा थप प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ।








