पिसिआर परीक्षणका नाममा किन पोसिँदैछ नीजि प्रयोगशालाहरुलाई ?

ओमिक्रोन निकै बढेको छ । यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ । सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीब्र भएपनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ । यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ ।
रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला । जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन । परिक्षण गरेपछि रिपोर्ट अनुसार उपचार हुन्छ । ओमिक्रोन घाँटीमा रहने, त्यहिं रेप्लिकेसन हुने तथा त्यहिं नष्ट हुने प्रजाति हो । न्यून रुपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ ।
लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ । संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं, सकेसम्म सतर्क हुने हो ।

सरकारसंग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडावडासम्म निशुल्क पिसिआर टेस्ट हुन्थ्यो । निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो । यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा निशुल्क, वडा वडामा निशुल्क अनि निजीमा ५ सय देखि ६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस् ।

Advertisement 1

संबिधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् । संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् । आशा गर्न सकिन्छ, कोरोना भाइरस यसैगरी कमजोर हुँदै जानेछ अनि मौसमी रुघाखोकीजस्तो सामान्य हुनेछ ।

प्रकाशित :२०७८ माघ ५, बुधबार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry