कर्मचारी सञ्चयकोष प्रमुख गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

दुई साताअघि बर्खास्तीमा परेका कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई तत्कालका लागि सर्वोच्च अदालतले राहत दिएको छ ।
गत ३ भदौको क्याबिनेटले कर्मचारी सन्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई हटाउने निर्णय गरेको थियो ।

Advertisement 1

आफ्नो बर्खास्तीविरुद्ध ११ भदौमा सर्वाेच्च अदालत गुहार्न पुगेका गौतमलाई हटाउने सरकारको निर्णयमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रोक लगाइदिएको हो ।

श्रेष्ठको इजलाशले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उनलाई कार्यालयमा फर्किएर काम गर्ने बाटो खुलेको छ ।

Advertisement 2

०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई नियुक्त गरेका थिए ।
गौतमलाई हटाएपछि सरकारले निमित्त हाकिम बनाएर जितेन्द्र धिताललाई खटाएको छ ।

उता हिजैको क्याबिनेटले सर्वाेत्तमको शेयरमा गडबड गरेको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ ।
यसअघि रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले स्पस्टिकरण सोधिएपछि राजीनामा दिएका थिए भने गोर्खापत्र र नेपाल टेलिभिजनका अध्यक्षहरुले त्यत्तिकै पदत्याग गरेका थिए ।

प्रकाशित :२०७८ भाद्र १८, शुक्रबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry