भाँजो हाल्न खोज्नेहरु आफैं भरंग

सबैभन्दा धेरै सदस्यको हस्ताक्षरसहित दर्ता भएको र हालै राष्ट्रिय स्तरको ट्रेड युनियनको रुपमा मान्यता प्राप्त एकीकृत सरकारी कर्मचारी संगठनको दर्ता प्रक्रियामा भाँजो हाल्नेहरु आफैं भरंग भएका छन् ।
सो संगठनले अस्ति सोमबारबाट श्रम मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट राष्ट्रिय स्तरको ट्रेड युनियनको रुपमा मान्यता पाइसकेको छ ।
उस्लाई यो मान्यता दिनबाट रोक्नका लागि ओली निकट कर्मचारी संगठनले अनेकन चलखेल गरे पनि ती पूरा हुन सकेन ।
एमाले निकट कर्मचारी संगठनका अध्यक्ष बनेका छन् लेखनाथ कोइराला,माधव नेपाल निकट एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षको भूमिकामा छन् मोहन घिमिरे ।
माधव नेपाल निकट कर्मचारी संगठनको साथ छाडेर अध्यक्षको कुर्सी ताकेर गएका रेमन्त गौतम उपाध्यक्षमा सीमित पारिएका छन् ।
उनै रेवन्त माधव नेपाल निकट कर्मचारी संगठनको दर्ता प्रक्रिया रोक्न भाँजो हाल्न पुगेका थिए मिनभवनस्थित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा । तर आफ्नो यत्न असफल भएपछि त्यहाँबाट निराश हुँदै फर्किएका छन् ।

Advertisement 1


नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठनको दर्ता गर्नका लागि उनीहरुले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिएका थिए । उनीहरुले गत फागुन २५ गते एकीकृत सरकारी कर्मचारी संगठन दर्ता गर्नको लागि श्रम विभागमा निवेदन दिएका थिए । हालसम्मकै धेरै सदस्यतहरुको हस्ताक्षर अर्थात १४ हजार ७ सय ५३ कर्मचारीहरुको हस्ताक्षर जुटाएर निवेदन दिएकोमा सो हस्ताक्षर अवैद्य भन्दै रेवन्तसहितका केही ओली निकटका कर्मचारीहरु श्रम विभागमा पुगेका थिए । उनीहरुको संगठनमा करार र अस्थायी कर्मचारीहरुकोसमेत हस्ताक्षर गराइएको र सो हस्ताक्षर अवैद्य भएको ठहर गर्दै श्रम तथा सुरक्षाजन्य विभागको महानिर्देशकलाई ध्यानाकर्षण गराउन न पुगेका थिए ।
त्यहाँका महानिर्देशक नेपाल निजामती कर्मचारी संगठनकै पूर्व केन्द्रिय सदस्य हुन । त्यहाँ पुगेर महानिर्देशको दिमाग भुटिरहेको सूचना माधव नेपाल निकट कर्मचारीहरुको कानमा परेपछि रेबन्तलाई सम्झाउनका लागि भन्दै माधव नेपाल निकट कर्मचारी संगठनका महासचिव शरण कुमार गुरुङसहितको समूह मीनभवन पुग्दा रेवन्त त्यहाँबाट हिडिसकेका कारण लफडा हुनबाट भने बचेको छ ।

ओली निकट कर्मचारीहरुको अनेकन भाँजोका बीच सो संगठनले अस्ति सोमबारबाट राष्ट्रियस्तरको ट्रेड युनियनको मान्यता पाएको छ । संगठनले वैद्यानिकता पाए पछि महासचिव शरण गुरुङले एक विज्ञप्ती जारी गर्दै सबै सरकारी कर्मचारीहरुलाई बधाई ज्ञापन गरेका छन् ।एकीकृत सरकारी कर्मचारी संगठनप्रतिको बढ्दो आकर्षण र उस्ले ज्यालादारी,करार,अस्थायी कर्मचारीलाई समेत संगठनमा समेट्न सफल भएपछि ओली निकट कर्मचारीहरु तिल्मिलाएका छन् ।

Advertisement 2

यसैबीच संगठनले राष्ट्रियस्तरको ट्रेड युनियनको मान्यता पाएसँगै एकीकृत सरकारी कर्मचारी संगठनले बबरमहलस्थित भवन निर्माण विभाग परिसरभित्र आफ्नो कार्यालय राखेका छन् ।

प्रकाशित :२०७८ चैत्र १६, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry