लोकसेवा आयोग प्रदेश २ ले माग्यो कर्मचारी (सूचनासहित)

लोकसेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक पदमा कर्मचारी माग गरेको छ ।
Advertisement 1
प्रदेश लोक सेवा आयोग प्रदेश नं २, जनकपुरधामले २४ सिभिल इन्जिनियरको माग गरेको छ । आयोगले तृतीय श्रेणी वा सो सरह इन्जिनियरिङ सेवातर्फका प्राविधिक पदहरू माग गरेको हो ।
प्रदेश स्थापना भए पछि यो पहिलो पटक विज्ञापन खुलेको हो ।
आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
Advertisement 2
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
https://ppsc.p2.gov.np/wp-content/uploads/2020/12/vacancy-P2-2077.08.25.pdf

प्रकाशित :२०७७ मंसिर २५, बिहीबार १२:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%