सिंहदरबारभित्र रजगज गर्दै आएका रैथाने कर्मचारीलाई उपत्यका बाहिर पठाउन सिफारिस

निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका रैथाने कर्मचारीहरुलाई काठमाडौं उपत्याकाबाट बाहिर पठाउन सरुवा व्यवस्थापन कार्यादलले प्रतिवेदन मन्त्री अमनलाल मोदीलाई बुझाएको छ ।
Advertisement 1
सरुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागि भन्दै मन्त्री मोदीले ०८० जेठ २९ गते सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य रहेको कार्यदलले यस्तो सुझाव दिएको छ ।
झण्डै ४० दिन लगाएर कार्यदलले प्रतिवेदन तयार गरी मन्त्री मोदीलाई हस्तान्तरण गरेको हो । उक्त कार्यदलले सरुवा प्रणालीलाई व्यवस्थित गर्ने लामो समयदेखि सिंहदरबारका मन्त्रालय,काठमाडौंका कार्यालयमा डेरा जमाएर बसेका रैथाने कर्मचारीहरुलाई उपत्याकाबाट बाहिर पठाउन र लामो समयदेखि काठमाडौं उपत्याका बाहिर र दूरदराजमा बसेका कर्मचारीलाई सिंहदरबारमा ल्याउन सिफारिस गरिएको हो ।
Advertisement 2
मन्त्री मोदीलाई बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिइएको छ । त्यसका लागि एउटा सफ्टवेयर विकास गर्न पनि कार्यदलको सुझाएको छ ।
कार्यदलले कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव समेत दिएको छ । यस्तै,कर्मचारी व्यवस्थापन प्रणाली (पिएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली (पिआइएस)सँग आबद्ध गर्न पनि प्रतिवेदनले भनेको छ ।
Advertisement 3
त्यसैमार्फत बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन गर्न कार्यदलले सुझाएको छ ।
विद्यमान अवस्थाको विश्लेषण गरी सरुवालाई व्यवस्थित गर्न उल्लिखित सिफारिस एवं कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरको प्रयोग गरी प्रणालीमा आधारित बनाउनु आवश्यक छ,’ प्रतिवेदनको निष्कर्षमा कार्यदलले भनेको छ ।