गुरुङको क्षेत्रमा नेपालको हुंकार- लिमा वान तीनदिन घर बिदामा
अञ्जनकुमार
Advertisement 1
गुरुङको क्षेत्रमा नेपालको हुंकार- लिमा वान तीनदिन घर बिदामा पोखरा थिए । डिआईजी कार्यालय पोखराबाट दिवेश लोहनीले नै फोन गरेर सुरक्षाको ब्यबस्था चुस्त पार्नु तलबितल केही भयो भने राम्रो हुन्न । लमजुङमा एमालेको अलि वर्चश्व छ । कांग्रेस माओवादी को त कुरा भएन उनीहरू सरकारका साझेदार हुन एमालेले उदण्डता देखाउन सक्छ सुरक्षाको दायरा बढाउनु भनेपछि बिदा नसकिँदै जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्की पौष १६ गतेनै जिल्ला फर्के । १७ पौषमा नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सो पार्टीको जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न लमजुङ आउँदै थिए ।
प्रहरीमा सामान्यतय कार्यक्षेत्र खटिएको वर्षदिन अगावै सरुवा हुने प्रचलन नभएपनि राजनीतिक दुर्गन्धका कारण गृहमन्त्रालयले चाहेको खण्ड जतिबेला नी गुन्टा कस्नु पर्ने वाध्यता बुझेका कार्की १६ गतेनै जिल्ला फर्के । खटिएको ७ महिना नपुग्दै सिरहाका एसपी हिराबहादुर पाण्डेलाई कांग्रेस सभापति रामचन्द्र यादवसंग खटपट परेको आक्षेप लगाएर ७ महिनामै प्रधान कार्यालय तानिएका पाण्डे आखिर निलम्बनमा परे । कार्कीलाई कसैले सुनाएको थियो माधब नेपाल अलि घामाड छन् । फेरि एमाले कार्यकर्ताले नेपाललाई कालो झण्डा देखाउने हल्ला पनि फिजाएका थिए । पूर्व प्रधानमन्त्री जस्ता व्यक्ति अर्को गठबंधन सरकारको बलियो हिस्सेदार अध्यक्ष छिस्रिक्क केही भयो भने सम्पूर्ण जिम्मा प्रहरीले लिनु पर्ने, तसर्थ कार्की आफै फिल्डमा खटिए । मातहतका सबै प्रहरी सदरमुकाम उतारे । सशस्त्र र जनपथ प्रहरी चोक चोकमा तैनाथ थिए । खैर एमालेका युवाले चलाएको हल्ला जस्तो कुनै अप्रिय घटना हुन पाएन कार्कीको सतर्कता देखेर त्यो आँट पनि कसैले गरेनन् ।
Advertisement 2
Advertisement 3
लमजुङमा माधब पक्षधर टन्नै थिए । केन्द्रीय सदस्य तथा लमजुङ्गका लोकप्रिय नेता दोश्रो संविधान सभाका माननीय जमिन्द्रमान घलेदेखि अहिले एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी मायानाथ अधिकारी, युवराज अधिकारी, बेसीशहर नगरपालिका का मेयर गुमानसिंह अर्याल भर्खर एमाले जिल्ला कमिटीमा सचिव निर्बाचित सुभाष पौडेल देखि लिएर सशक्त युवा नेता हिरालाल विक, दूधप्रसाद घले लगाएतका थिए । माधव प्रचण्डले प्रतिगमन भनेर केपी ओली बिरुद्ध जेहाद छेडेका बेला यी सबै नेपाल पक्षमै थिए । तर पछि सबै फेरि नेपाल पक्षमा कोही लागेन । लमजुङमा नेकपा एकीकृत ( समाजवादी) को बीउ नै छैनन भनेपनि अगुवा कार्यकर्ता भेला आयोजना गरी नेपाल आउँदा झण्डै हजार को हाराहारीमा कार्यकर्ता मात्रै उतारिएन कांग्रेस एमाले परित्याग दुईसय हाराहारीमा समाजवादीमा प्रवेश गरे ।
भव्य र सभ्य ढंगले कार्यक्रम सफल पनि पारे । सोही कार्यक्रममा श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ पनि उपस्थित थिए । कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा श्रेष्ठका दर्जन जति युवाहरु ह्यात्तै प्रवेश गरे। असहज महसुस गरेका कार्यालय प्रमुखहरुले मन्त्री श्रेष्ठको मुखमा हेरेपछि चुल्ठे ती कार्यकर्तालाई बाहिर निस्कन निर्देशन दिएका थिए । भने अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेपालले पुरै समय एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केपी ओलीका बिरुद्धनै समय खर्चिए । कुनै बेला योगेश भट्टराईलाई केपीले बैगुनी केटो भने जस्तै जमिन्द्रमान गुरुङ र पृथ्वीसुब्बा गुरुङलाई पनि नेपालले त्यस्तै संज्ञा दिए । घलेलाई पार्टीको अध्यक्षदेखि संविधान सभाको सांसद बनाउन नेपालकै देन थियो । नेपालले पियसकै गृह जिल्ला पुगेर टिप्पो लिए ।
विगतमा आफूले सहयोग गरेर सांसद, मन्त्री बनाएको स्मरण गराउँदै नेकपा समाजवादीसंग जोरी नखोज्न चेतावनी समेत दिए । पृथ्वी सुब्बा ले पार्टी छोडिसक्नु भएको थियो । ककसको भूतले उहाँ यतिसम्म जातिवादी बन्नु भएको थियो तर थमथमाइयो । संघीयताको वकालत गर्ने गुरुङ संघीयताको विरोधी, बयलगाडा चडेर अमेरिका पुगिन्छ भनि गणतन्त्रको खिसी गर्ने ओलीको हली बनेको समेत आरोप लगाए । नेपालले भने– आज उनीहरु जहाँसुकै लागुन्, जतिसुकै नराम्रो कुरा गरुन् केही छैन । बुद्धि विग्रेकाहरुको ठेगान लाग्ने मिति नजिकिंदै गएको स्मरण गराउँदै यो गठबन्धन आगामी चुनावसम्मै हुने र मैमत्ता भएका एमालेका साँढेलाई तह लगाउने बताए । नेपालले भने एमाले लुटेराहरुको पार्टी बनेको, बा संस्कृति मौलाएको, बा भनेर पूजा गर्दै खुट्टा छुनुपर्ने अवस्था रहेको, बादशाह बनेका तानाशाही सोचका केपी ओलीलाई यसै कारण पनि सडकमा पछार्न परेको दावी गरे । अञ्जनकुमार ।