बाढी–पहिरो र डुबान : २१७ को मृत्यु, २८ जना बेपत्ता

काठमाडौं। केही दिनअघिको अविरल वर्षाका साथै गएको बाढीपहिरो र डुबानले हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार २८ जना बेपत्ता छन्।

Advertisement 1

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनको भनाइ छ।

Advertisement 2

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रकाशित :२०८१ आश्विन १५, मंगलवार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry