पाँच जिल्लाका सीडीओको हेरफेर :-काभ्रेमा पाण्डे,पौडेललाई धनुषा

गृह ​मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले सल्यान, काभ्रेपलञ्चोक, नवलपरासी पूर्व, कालिकोट र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन्। ​
गृहले सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटबाट कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चोकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई भने गृह मन्त्रालय तानेर त्यहाँ नयाँ सीडीओ खटाएको छ ।
हिजोमात्र लगानी वोर्डबाट मन्त्रालयमा तानिएका सुरेन्द्र पौडेलले धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । यस्तै विपिन आचार्य सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव हुमकला पाण्डेलाई काभ्रेपलाञ्चोकको प्रजिअ बनाएर पठाइएको छ । यस्तै सुमन घिमिरे नवलपरासी पूर्व, गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

प्रकाशित :२०७८ पुष २४, शनिबार १८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry