मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् बिस्तार विरुद्ध दायर भएको रिटको सुनुवाई आज हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश ढुंगानाको इजलासमा मंगलवार सुनुवाइ हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ बनेपछि दुई पटक मन्त्रिपरिषद् बिस्तार गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रतिनिधि सभा विघटन गरेर कामचलाउमा परिणत भएको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट परेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल,शालिकराम सापकोटा,सीतादेवी श्रेष्ठ र कञ्चनकुष्ण श्रेष्ठ लगायतका ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेकामा यस अघि जेठ अन्तिम साता सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गर्दै सरकारी पक्षसँग लिखित जवाफ माग गरेको थियो त्यसपछि पुन पुरक निवेदनसमेत दर्ता भएको थियो ।
Advertisement 1
यस अघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो ।
मन्त्रिपरिषद्विरुद्ध परेका रिटमाथि जेठ २५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले मन्त्रिपरिषद् विस्तारको कारण माग्दै दुवै पक्षलाई छलफलका लागि असार ८ गते बोलाएको थियो । जस्मा आज सुनुवाई हुन लागेको हो ।