नेपाली सेनाको असोजमा सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक,को को भए पास ?(नामावलीसहित)
लोकसेवा आयोगले नेपाली सेनाको प्राविधिक समूहतर्फको लिखित नतिजा सार्वजनिक गरेको छ ।गत असोजमा सञ्चालित लिखित परीक्षाको नतिजा आयोगले हिजो सार्वजनिक गरेको हो ।
आयोगले फोटोग्राफर, एयर ट्राफिक कन्ट्रोलर,एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ,सम्भार,भण्डारे,रिपियर,फोल्डर,एम्युनिशन,व्याण्ड,भेटेनरी,सर्भे,कम्युटर लगायतको लिखित नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
आयोगले प्राविधिकतर्फको अम मेडिकलको लागि लिएको नतिजा हिजो बुधबार सार्वजनिक गरेको हो । जम्मा ६६ पदका लागि खुलाइएको विज्ञापनमा लिखित परीक्षामा सम्मेलित ४८७ जनामध्येबाट १३२ जना उम्मेद्धार पास भएको लोकसेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार,प्राविधिक तर्फकै अम जनरल मेकानिकल तर्फ २७ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मेलित २५ जनामध्येबाट ५ जनामात्र छनौंट भएका छन् ।
यस्तै इलेक्ट्रिकलतर्फ ७ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मेलित १८ जनामध्ये ७ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
प्राविधिकतर्फकै अम आरमोरर मेकानिक्सतर्फ ९८ जना मागिँदा लिखित परीक्षामा सम्मेलित भएका ३१ जनामध्येबाट २५ जना अन्तर्वार्ताका लागि छनौंट भएको आयोगले जनाएको छ ।