अब कर्णालीमा घरमै पुग्ने लाइसेन्स, हुलाकमार्फत वितरण सेवा सुरु

सुर्खेत। कर्णाली प्रदेशमा अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात कार्यालय धाइरहनुपर्ने बाध्यता हट्ने भएको छ। हुलाक निर्देशनालय सुर्खेतले हिजो देखि नागरिकको घरदैलोमै लाइसेन्स पु¥याउने सेवा औपचारिक रूपमा सुरु गरेको हो।

Advertisement 1

यो सेवा यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र यातायात व्यवस्था सेवा केन्द्र जुम्लाबाट जारी हुने सवारी चालक अनुमतिपत्रका लागि लागू गरिएको हो। अब सम्बन्धित कार्यालयबाट तयार भएका लाइसेन्स हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पु¥याइनेछ।

सेवा सञ्चालनका लागि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेबीच शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।

Advertisement 2

हुलाक निर्देशनालयका निर्देशक पाण्डेका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले गत चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा नागरिकको घरमै उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने लक्ष्यअनुसार यो सेवा सुरु गरिएको हो।

उनले विशेषगरी कर्णालीका दुर्गम जिल्लाका नागरिकलाई यस सेवाबाट ठूलो राहत पुग्ने बताए। यसअघि लाइसेन्स लिन सुर्खेत, जुम्ला वा रुकुम (पश्चिम) पुग्नुपर्ने बाध्यता थियो, जसका कारण समय र खर्च दुवै बढी हुने गरेको थियो। अब भने लाइसेन्स तयार भएपछि हुलाकमार्फत घरमै प्राप्त गर्न सकिने व्यवस्था लागू भएको छ।

Advertisement 3

हुलाकमार्फत घरदैलोमै सरकारी सेवा विस्तार गर्ने यो कदमलाई सार्वजनिक सेवा प्रवाहलाई थप सहज, छिटो र नागरिकमैत्री बनाउने प्रयासका रूपमा हेरिएको छ। कर्णाली प्रदेशमा यो सेवाले विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ श्रावण १७, आईतवार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry