अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत विरेन्द्र बहादुर कठायतविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसंग रिसवत लिँदै गर्दा आयोगले पक्राउ गरेको थियो ।

Advertisement 1

मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । त्यस्तै भरतपुर महानगरपालिका २० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले मातपोत अधिकृतसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।

प्रकाशित :२०७८ पुष १०, शनिबार ०७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry