वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ। दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा साउनदेखि कात्तिकसम्ममा लक्ष्यको २२.४५ प्रतिशत अर्थात् रु ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार राजस्व सङ्कलन भएको वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए।

चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा चारमा त्यसको करिब १६.७ प्रतिशत अर्थात् रु १ अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व सङ्कलन भएको छ।

Advertisement 2

यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा रु ८ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८.२ प्रतिशत अर्थात् रु २ अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा रु २ अर्ब ४९ करोड ५५ लाख ३५ हजार सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु ४ अर्ब ३ करोड ७९ लाख ९ हजार प्राप्त हुने अनुमान गरिएकोमा रु ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ।

Advertisement 3

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो ४ महिनाको अवधिमा त्यसको २३.३७ प्रतिशत अर्थात् रु ३ अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए।

चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकोमा ४ महिनाको अवधिमा लक्ष्यको २३.७० प्रतिशत अर्थात् रु १ अर्ब १३ करोड २२ लाख २८ हजार मात्र प्राप्त भएको छ।

प्रकाशित :२०८२ मंसिर ४, बिहीबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry