९० दिनदेखि वेपत्ता कर्मचारीलाई बर्खास्तीको तयारी

मन्थली नगरपालिकाले एक कर्मचारीलाई बर्खास्तको तयारी गरेको छ । विना जानकारी ९० दिनभन्दा बढी समयदेखि कार्यालयको सम्पर्कमा नरहेकी कर्मचारीलाई बर्खास्त गर्न लागिएको पालिकाले जनाएको छ ।

Advertisement 1

रामेछापजिल्ला अवस्थित मन्थली नगरपालिका अन्तर्गत वडा नं ७ भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठलाई चित्त बुझ्दो कारण पेश गर्न सात दिनको समयसीमा दिइएको छ । साता दिन भित्रमा चित्त बुझ्दो जबाफ नदिए उनलाई ऐन अनुसार बर्खास्त गरिने पालिकाले जनाएको छ ।
पालिकाद्धारा जारी सूचनामा अहेब श्रेष्ठ गत असार ८ गतेदेखि कार्यलयमा अनुपस्थित भएकी हुन् । नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि नगरपालिकाले गत भदौ १३ स्पष्टिकरण माग गर्दै पत्र काटेको थियो । तर, आजको मितिसम्म पनि कुनै जवाफ नआएको भन्दै बागमती प्रदेश स्थानीय सेवा ऐन २०७९ को दफा ११८ को(ग) मा टेकेर बर्खास्त गर्ने तयारी गरेको हो ।

अनुपस्थित हुनुपर्ने कारण भएमा सफाई पेश गर्नका लागि ७ दिनको समय दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित :२०८० आश्विन १२, शुक्रबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry