महिला सुरक्षाकर्मी बलत्कारको आरोपमा कर्मचारी पक्राउ

एक सरकारी हाकिम बलत्कारको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँका अधिकृत छैंटो तहका प्रशासकीय अधिकृत सुशील थापाले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई पटक पटक बलत्कार गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएकी थिइन । सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती सुरक्षाकर्मी बाँकेमा कार्यरत छिन् ।
नगरपालिकाका सूचना अधिकारीसमेत रहेका प्रशसकीय अधिकृत थापा र जाहेरीवाला महिलाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको तर अचानक हिजो महिला सुरक्षाकर्मीले उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो । प्रहरीले प्रशासकीय अधिकृत थापालाई हिजै अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Advertisement 1

 

प्रकाशित :२०७८ पुष ९, शुक्रबार १५:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry