उपमेयरको टेबुलमा स्वास्थ्य महाशाखा संयोजकको उपरखुट्टी


अहिले सामाजिक संजालमा एउटा फोटो भाइरल भएको छ । फोटो रहेको छ विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको ।

Advertisement 1

महानगरका कर्मचारी स्रोतका अनुसार कार्कीलाई महानगरभित्र एकलौटी काम गर्ने र कसैलाई नटेर्ने कर्मचारीको रुपमा लिइएको छ । कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उपमेयर इन्दीरा कार्कीको नेमप्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ ।
स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की छैटौं तहका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने महाशाखा प्रमुखको जिम्मेवारीका लागि आठौं वा नवौं तहका अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको संयोजकको रुपमा जिम्मेवारी दिएका थिए ।

प्रकाशित :२०७७ फाल्गुन १७, सोमबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry