यातायातका कर्मचारी रंगेहात पक्राउ
सर्वाधिक विवादित र अमर्यादित सरकारी कार्यालयको रुपमा परिचित यातायात कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।
Advertisement 1
आज दिउँसो काठमाडौंको स्वयम्भू,ठूलो भर्याङस्थित यातायात कार्यालयका कर्मचारीलाई घुससहित समातिएको हो ।
सँधै भीड हुने कार्यालयमा काम छिटो गरिदिने भन्दै घुस लिएका कम्प्युटर अपरेटर तथा सूचना अधिकृत सन्तोष शाही प्रहरीको फन्दामा परेका हुन् । काम छिटो गराइदिने भन्दै उनले सेवाग्राहीसँग आठ हजार रुपैयाँ लिएका थिए ।
Advertisement 2
स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शाहीलाई घुस लिएको आठ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।
प्रकाशित :२०७८ पुष ८, बिहीबार ०५:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%