नगरपालिका र गाउँपालिकामा अख्तियारको एकसाथ छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका र गाउँपालिकामा एकसाथ छापा मारेको छ । राजधानीस्थित भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ठूलो आर्थिक अनियमितताको आंशका गर्दै एकसाथ छापामारेको छ ।
Advertisement 1
अख्तियारको केन्द्रीय टोलीले आज दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यमा प्रयोग भएको खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो ।
दुई वटै पालिकामा ठूलो अनियमितता भएको आशंकामा छापा मारेर कागजात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ मंसिर २८, मंगलवार १६:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%