स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन । बोर्डका अध्यक्ष डा सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलासहित सदस्यहरु डा तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन । 

Advertisement 1

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पु¥याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गरे । 

नवनियुक्त कार्यकारी निर्देशक डा बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पु¥याउने बताए ।  उनले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराए । 

Advertisement 2

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक रु तीन हजार ५०० को बीमा गरे वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् । 

प्रकाशित :२०७७ मंसिर १२, शुक्रबार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry