निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि कहाँ दिने आवेदन,के के चाहिन्छ कागजात ?

सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जसअनुसार यस्तो वृत्ति निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततीले यस्तो वृत्ति पाउने जनाइएको छ । यी कर्मचारीका सन्ततीले आगामी २६ वैशाख अर्थात १५ दिनभित्र आवेदन दिन भनेको छ ।
Advertisement 1
यस्तो आवेदन शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा दिन सकिने सामान्यद्धारा जारी सूचनामा जनाइएको छ । जसअनुसार,बहालवाला कर्मचारीले आफू कार्यरत कार्यालयको लेटर हेडमा सिफारिस लेख्नुपर्नेछ । यस्तो बृत्तिका लागि कर्मचारी कार्यरत कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयलाई सिफारिस गरिदिनुपर्नेछ ।
सामान्य प्रशासनको अनुसार यस्तो वृत्ति लिनका लागि कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड वा दुइ दशमलव ४ जिपिए वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक वा सो सरह तहको प्रथम वर्ष तथा पहिलो वा दोश्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था राखिएको छ भने पच्चीस वर्ष उमेर पूरा नभएकोले मात्र आवेदन दिन पाइने जनाइएको छ । यस्का अलवा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएकोहुनुपर्ने छ ।
Advertisement 2
यस्का अलवा आवश्यक पर्ने कागजपत्रहरुमा नागरिकता प्रमाणपत्र (हालको स्थायी ठेगाना फरक भएमा बसाइसराई प्रमाणपत्र समेत),प्रवेशिका एसईई वा एसएलसी र १० जोड २ को शैक्षिक प्रमाण पत्रहरु (लव्धाङ्क पत्र ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र) का अलवा अभिभावक कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिश पत्र (मन्त्रालयले तोकेको ढाँचामा) तथा सेवा निबृत्त भएका कर्मचारीको हकमा निबृत्तिभरण प्रमाण पत्र र अवकाश पत्र आवश्यक पर्नेछ । सामुदायिक वा सरकारी उच्च मा।वि।बाट उच्च माध्यमिक शिक्षा वा सो सरहको परिक्षा उत्तिर्ण गरेकोमा राष्ट्रिय परीक्षा बोर्ड वा सो अन्तर्गतको कार्यालयले सम्वन्धित शिक्षण संस्था सामुदायिक वा सरकारी हो भनी गरेको सिफारिश पत्रका अदवा अध्ययनरत शिक्षण संस्था (कलेज वा क्याम्पस) को सिफारिश पत्र ९तोकिएको ढाँचामा०, सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका कर्मचारीको सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित पत्र वा घटना पुष्टि हुने सरकारी कागजात, समावेशी प्रमाणित गर्ने कागजात,नागरिकतावाट अविभावक कर्मचारी र सन्तति विद्यार्थीको नाता खुल्न नसकेको खण्डमा नाता प्रमाणित प्रमाण पत्र,बहालवाला कर्मचारीको हकमा परिचयपत्रको प्रतिलिपि र अभिभावक कर्मचारी र अध्ययनरत सन्ततिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सामान्य प्रशासनले जनाएको छ ।