प्रशासनका हाकिम बाबु अन्तरवार्ता लिने,छोरी पहिलो नम्बरमै नाम निकाल्ने !

आफ्ना नातेदार परीक्षार्थी भएको खण्डमा सकभर उनका आफन्त अन्तरवार्तामा बस्नै मिल्दैन ।नातेदार जतिसुके योग्य र सक्षम भए पनि तिनका आफन्त अन्तरवार्तामा बसेर अन्तरवार्ता लिन नैतिकताले दिँदैन् ।
Advertisement 1
नैतिकतालाई भुलेर श्रीमान अन्तरवार्ता लिने र श्रीमतीलाई उत्र्तीण गराएको घटना अलि पूरानो भयो । अहिले चाहिँ बाबुले अन्तरवार्ता लिएर छोरीलाई पहिलो नम्बरमा उत्र्तीण गराएपछि फेरि कर्मचारीहरुले पूरानै त्यही प्रकरणको सम्झना गर्न थालेका छन् ।
श्रीमान अन्तरवार्ता लिने र श्रीमती उत्र्तीण हुने,बाउ अन्तरवार्ता लिने छोरा वा छोरी उत्र्तीण हुने रोग केन्द्रबाट अब प्रदेशतिर सरेको छ ।
निजामति कर्मचारी वृत्तमा यो मामलामा चर्चित पात्र हुन् सूर्य गौतम । गौतमले आफ्नी श्रीमतीलाई आफैंले नम्बर दिएर पास गराएको चर्चा अहिले पनि निजामती सेवाभित्र चर्चित छ ।
Advertisement 2

लोक सेवाले लिएको विद्यालय निरीक्षक परीक्षाको लिखित परिक्षामा आफ्ना श्रीमतीलाई उत्तिर्ण गराउन त्यतिखेर शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम लागेका समाचार व्यापक ढंगले आएको थियो ।

त्यो बेला सहसचिव गौतमकी श्रीमती इन्दिरा ढकाल गौतमलाई लिखित परिक्षामा उत्तिर्ण गराइएको थियो ।
शिक्षा मन्त्रालयसँग आवद्ध गौतमले नै लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र सोको उत्तरपुस्तिका चेकजाँच गर्ने कार्यमा बाहिरको विज्ञका रूपमा नियुक्ति गरेको थियो ।
Advertisement 3
सोही अवसरको फाइदा लिँदै गौतमले प्रश्नपत्र निर्माणदेखि उत्तर पुस्तिका परिक्षणसम्मको कार्य आफैँले गरी आफ्नो श्रीमतीलार्ई परिक्षा अगावै प्रश्न चुहाउने काम मात्रै गरेनन्, कापी जाँच्ने नाममा आफ्नै हातले भटाभट नम्बर दिई उत्तिर्ण गराउन सफल भए ।
उनै गौतमले पछि ०६८ सालका सर्वोत्कृष्ट निजामती पुरस्कार हात पारे ।गौतम केही अघि १६ जना सचिवको सरुवा हुँदा सार्वजनिक खरिद अनुगमनको कार्यलयबाट सरुवा भइ श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन् ।
यस्ता लज्जाका घटना अब प्रदेश र स्थानीय तहतिर पनि घट्न थालेको छ ।
५ नम्बर प्रदेशको घोराही उपमहानगरपालिकाकामा यस्तै घटना घटेको छ ।
आफ्ना नातेदार जतिसुकै योग्य र सक्षम भए पनि उनका नातेदार अन्तरवार्तामा बस्न नैतिकताले दिँदैन् ।

तर सो उपमहानगरपालिकाका प्रशासन महाशाखाका हाकिम अधिकृतस्तर आठौं तहका) हुन् वासुदेव आचार्य । उपमहानगरपालिकाले गत पुस २६ गते आवेदन माग गरेको थियो। भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि करारमा कर्मचारी माग्यो । जहाँ आचार्यको जेठी छोरी दीपाले अन्तरवार्ता दिएकी थिइन् । लगत प्रविष्टिकर्तामा आचार्यले आफ्नी जेठी छोरी दीपाको अन्तर्वार्ता लिएको र उत्तीर्ण गराए । प्रकाशित नतिजामा लगत प्रविष्टकर्ताको पहिलो नम्बरमा उनको छोरीको नाम छ ।नतिजा अनुसार दीपासँगै रजनी चौधरी र सबि चौधरी उत्र्तीण भएका छन् ।
अहिले त्यहीँका कर्मचारीहरु व्यग्य गर्दै भन्न थालेका आफ्नै श्रीमतीको परीक्षा लिएर,कपि जाँचेर उत्र्तीण गराउने सूर्य गौतम सर, सर्वाेत्कृष्ट राष्ट्रसेवकबाट पुरस्कृत हुनुभयो हाम्रो वाशुदेव सरले चाहिँ कुन पुरस्कार हात पार्नुहुने हो ?



 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                