जब लोकसेवा अधिकृतले छोरीको परीक्षाको उत्तर आफै लेखिदिए …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाही बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

Advertisement 1

आयोगले शाखा अधिकृत शाहीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनलाई सबै प्रश्नको उत्तर ‘सी’ लेख्न उनकै बुबा मिमबहादुर शाहीले सल्लाह दिएका थिए । पछि ती सबै उत्तर मिलेको भेटियो ।

शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । उनी त्यहाँ कार्यरत रहेकै अवस्थामा छोरी कर्णालीले नेपाल वायुसेवा निगमको सहायक चौथो (खरिदारसरह) को परीक्षा दिएकी थिइन् । उनले वस्तुगत प्रश्नका सबै ५० वटा प्रश्न मिलाएकी थिइन् । अन्तर्वार्ताका लागि छनोट सूचीको पहिलो नम्बरमा उनको नाम थियो । त्यही सूची बोकेर मिमबहादुर सूचना प्रकाशन गर्ने निर्णयको प्रस्ताव बोकेर सचिव आनन्दराज ढकालको कार्यकक्षमा पुगे ।

Advertisement 2

नतिजा सार्वजनिक गर्नुअघि आयोगले धेरैपटक रुजु गर्छ । त्यसपछि मात्रै अन्तिम स्वीकृतिका लागि फाइल सचिवसमक्ष पुग्छ । त्यस क्रममा सचिव ढकालले कहिलेकाहीँ नतिजाको प्राप्तांक र शंका लागेका अन्य विवरणमाथि सोधखोज गर्थे । नेपाल वायुसेवा निगमको परीक्षामा सबै उत्तर मिलाएकी कर्णाली (सूचनामा उनको नाम नभई रोल नम्बर थियो) को प्राप्तांक देखेर ढकालले अचम्म माने । उनले कर्मचारीलाई त्यसबारे केरकार गरे । तर अधिकृत मिमबहादुरले कुनै गडबड नभएको दाबी गर्दै जसरी पनि त्यही दिन लिखित परीक्षाको नतिजा सार्वजनिक हुनुपर्ने अडान राखे । उनको अस्वाभाविक गतिविधिपछि त्यो दिन कुनै निर्णय भएन, बरु प्राप्तांक रुजु गर्ने र उत्तरपुस्तिकासमेत फेरि हेर्ने निर्देशन भयो ।

उनले छोरीलाई लोकसेवाले लिएको निगमको परीक्षा पास गराउन उत्तरपुस्तिका सच्चाएका अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित :२०७८ मंसिर १९, आईतवार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry