तीन जनालाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
पूर्वनिर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । अपरान्ह ४ बजे बोलाइएको मन्त्रिपरिषद बैठक साढे ५ बाट शुरु भएको सो बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले कर्मचारीसँग सुनाए ।
कृषि तथा वन सेवाबाट डा योगेन्द्र कुमार कार्कीको नाम सिफारिस भएको थियो । यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फबाट मंगलवारमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यको नाम सिफारिस भएको छ । कार्की र आचार्य दुबै जनाको नाम जेष्ठताका आधारमा सिफारिस भएको हो । निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन अन्तरगत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप डा कार्की र आचार्यको नाम सिफारिस भएकोमा उनीहरुलाई सचिवमा बढूवा गरिएको हो ।
Advertisement 2
यस्तै प्रशासनतर्फ सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस भएकोमा सरकारले दुवाडीलाई सचिवमा बढूवा गरेको हो ।साथै आजको क्याविनेटले भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय समेत गरेको छ । यस्तै छिमेकी मुलुक भारत र बंगलादेशमा व्यावासायिक उडान सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।