सर्वाेच्चको इतिहासमा पहिलो पटक गोलाबाट तोकियो ११ इजलाश

सर्वोच्च अदालतको इतिहासमा आज पहिलोपटक गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको छ । गोलाप्रथाबाट आजका लागि ११ वटा इजलाश गठन भएको छ । ७० बर्षदेखि इजलाश तोक्ने प्रधान्यायधीशको अधिकार कटौती गर्दै न्यायधीशहरु आफैंले थैलीबाट गोला तानेर इजलाश तोकिएको छ ।
गोला तानेर पहिलो पटक तोकिएको इजलाशमा न्यायधीशद्धय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलाशमा ११ वटा,मीरा खड्काको एकल इजलाशमा १५ वटा, हरिकृष्ण कार्की
र सुष्मालता माथेमाको संयुक्त इजलाशमा १२ वटा मुद्धा पेशीमा चढेका छन् ।
यस्तै,हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशमा एउटा मात्र मुद्धा पेशीमा चढेको छ । विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठको संयुक्त इजलाशमा १२ वटा मुद्धाको पेशीमा पर्दा कुमार चुडालको एकल इजलाशमा १५,आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलाशमा १४,अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशमा पनि १४ वटै मुद्धा पेशीमा परेका छन् ।
यस्तै प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयालको आठ नम्बरको इजलाशमा १२,सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलाशमा ११ र तेज बहादुर के सी र नहकुल सुवेदीको संयुक्त इजलाशमा ११ वटा पेशी तोकिएका छन् ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा कोभिड संक्रमित भएसँगै उहाँको अनुपस्थितीमा बरिष्ठताको आधारमा न्यायधीशहरुले थैलीबाट गोला तानेर सोही आधारमा आजका पेशी तोकिएको हो ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry