मनकामना केबुलकार २४ वर्षमा, १ करोड ६० लाख यात्रुलाई सेवा

यही मंसिर ८ गतेदेखि मनकामना केबलकार २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।
Advertisement 1
केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।
केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो । रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित :२०७८ मंसिर ८, बुधबार १०:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%