सत्ता सहमति पालन गर्ने र नगर्ने नेताहरूः

१. सुसिल कोइरालाले ०७२ को संविधान बनेपछि सत्ता गठवन्धन एमालेलाई प्रधानमन्त्री दिने भनेर गरेको सहमति लत्याएका थिए र सरकारको सत्ता परिवर्तन गर्न आनाकानी गर्दा बेकारमा समय ब्यर्थमा बिताएर पदबाट हटेका थिए । यही कारणले नेकॉ सबै संवैधानिक प्रमूख पदहरु गुमाउन पुग्यो ।
२. त्यसपछि एमाले र माओवादीको सरकार बन्यो, ओली प्रधानमन्त्री बने । सभामुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपसभामुख सबै पद नेकॉले गुमाउन पुग्यो, बाम गठवन्धनले कब्जा गर्यो। ।
३. त्यो बेला ओली र प्रचण्डबीच पनि ९/९ महिना सरकार आलो पालो चलाउने भनेर सहमति भएको थियो तर ओलीले पनि त्यो सहमति पालन गरेनन् । माओवादी एवं नेका मिलेर उनलाई अविश्वासको मतबाट सत्ताच्युत गर्न लागेपछि ओली हटे। त्यसपछि नेकॉ र माओवादीबीच सरकार बन्यो।
४. माओवादीका प्रचण्ड नेकाको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले प्रधानमन्त्री र सरकार सफलतापूर्वक संचालन गरे । यिनीहरु बीच पनि सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो र प्रचण्डले आफुले गरेको सहमति बमोजिम समय पूरा हुनासाथ शेरबहादुरलाई प्रममा समर्थन गर्दै सहजै सत्ता हस्तान्तरण गरे ।
५. त्यही प्रम शेरबहादुरले माओवादी मन्त्रीलाई जिम्मा नदिएर हल्लाएर राख्न विनाविभागीय मन्त्रीमा राखेर र विनाकाममा अन्य दलका मन्त्रीहरु थपेर इतिहासमै ६४ जनाको अभूतपूर्व र अभविष्यवाला जम्बो मन्त्रिमण्डल बनाए । त्यो सरकारले ०७४ सालमा गणतान्त्रिक संविधानको पहिलो चुनाव सम्पन्न गर्यो।
६. निर्वाचनमा एमाले र माओबादीको चुनावी मोर्चाबाट बामपन्थी लहर आयो। चुनावमा नेकॉको पत्ता साफ भयो । सबै जसो देउबाका मन्त्रीहरू चुनावमा नराम्ररी हारे र नेकॉले जनमत गुमायो । तर शेरबहादुरले नेकॉले नराम्ररी हारेर पनि तत्कालै सरकार छाडेनन्। सत्ता लम्बाईरहे, जनमत गुमाई सकेर पनि भटाभट सरूवा, नियुक्ति गर्दै गए।
७. चुनावपछि करिब दुईतिहाई बहुमत पाएर एमाले र माओबादीबीच समझदारी गरेर आलोपालो सरकारको नेतृत्व गर्नेगरी ०७४ फागुन ३ गते ओली पुनः,प्रम बने। यिनी सत्ता हातपारे पछि मात्तिदै गए। दुई चोटी संसद भंग गर्दै दुई चोटीनै मध्यावधि चुनाव गर्ने घोषणा गरे।
८. एमाले भित्रकै र विपक्षीदलहरू मिलेर संसद ब्युताएर ओलीलाई बार्दली पुर्याए। प्रदेशबाट पनि ओलीहरूलाई खेदेर बार्दली पुर्याए।
९. अहिले फेरि ओलीबाहेक सबै दल र नेताहरूको अत्यधिक समर्थनमा शेरबहादुर प्रम बनेका छन्।
नेपालको इतिहासमा सौह्रार्द्रका साथ सहजै सत्ता हस्तान्तरण गर्ने एकमात्र नेता प्रचण्ड बन्न पुगेका छन् । पहिलो पल्ट प्रम बन्दा पनि प्रचण्डले कुनै आनाकानी नगरी सर्लक्क राजीनामा गरेर विपक्षी दल बनेका हुन् ।
त्यसैले प्रचण्डलाई अहिले राजनेता स्टेट्सम्यान भन्न थालिएको छ । अहिले पनि उनी जत्तिको संतुलित, सहमति, पद्दतिको पालन गर्ने गंभीर नेताको गुण अरुमा देखिएको पनि पाइदैन ।
आफ्ना सबै एजेन्डाहरुलाइ संवैधानिक हैसियत दिन सफल प्रचण्ड आफू किङ हैनन्, किङमेकर हुन्। उनी जत्तिको ईमान्दार भएर राजनैतिक सहमति पालन गर्न सक्ने नेपालमा नेता अरू देखिदैन।
(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)
प्रकाशित :२०७८ पुष २, शुक्रबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry