उपसचिवको लिखित नतिजा सार्वजनिक(नतिजासहित)

लोकसेवा आयोगले विभिन्न सेवा समूहका उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले रा प द्धितीय श्रेणी उपसचिव वा सो सरहका परराष्ट्र,न्याय,सरकारी वकिल समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

आयोगका अनुसार परराष्ट्र सेवाबाट दलित कोटामा १ जना माग गरिएकोमा १० जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तरवार्ताका लागि चार जना छनौट भएका छन् ।
यस्तै न्याय सेवा सरकारी वकिलतर्फ खुलातर्फ ३ जना र आदिवासी जनजातीतर्फबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित १७ जनामध्येबाट अन्तरवार्ताका लागि खुलातर्फ ३ र आदिबासी जनजातीतर्फबाट २ जना छनौट भएको लोकसेवाले जनाएको छ ।
यस्तै न्याय सेवा न्यायतर्फबाट खुला ३ महिला २ र मधेशीतर्फबाट १ जना माग भएकोमा लिखित परीक्षामा २२ जना सहभागी भएकोमध्ये अन्तरवार्ताका लागि खुलातर्फ ४ र महिला १ जना छनौट भएका छन् ।

परराष्ट्र न्याय सरकारी_वकिल ३७२_१६६७४_कानून
प्रकाशित :२०७८ मंसिर ५, आईतवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry