खानेपानीको जिएम बन्न यी ११ भाई धाउँदैछन् शक्तिकेन्द्र
खानेपानी संस्थानको महाप्रवन्धक पद रिक्त छ । यस अघि सो जिम्मेवारीमा थिए भूपेन्द्र प्रसाद । दुई कार्याकाल हाकिम चलाएका र संस्थालाई रसातालमा पु¥याएका भुपेन्द्र प्रसाद गत २६ असोजमा सेवा हदका कारण अवकाश पाएका थिए । उनी पुन त्यहाँ दोह्ररिन शक्तिकेन्द्रहरुको दैलो धाइरहेका छन । उनीसहित जिएम खानका लागि पूर्व महाप्रवन्धक अर्जुनबहादुर ढकाल, त्रिदिपकुमार श्रेष्ठ,निरण महर्जन, दुर्गाबहादुर बस्नेत,भुपेन्द्रका भाइ इश्वरप्रसाद,दिलिप झासहित ११ जनाको प्रतिष्पर्धा चल्दैछ ।
Advertisement 1
भूपेन्द्रले घर जाँदै गर्दा अवैद्य ढंगले आफ्नै भाई इश्वरलाई निमित्त दिएर हिडेका थिए । दुई कार्यकाल जिएम खाइसकेका भुपेन्द्रले फेरि पनि दोहोरिने रहर गरेका छन् । उनी पुन जिएम खान शक्तिकेन्द्र धाइरहेका छन् । यस्तै यस अघि असफल प्रमाणीत भइसकेका अर्जुनबहादुर ढकालदेखि त्रिदेव श्रेष्ठहरु प्रतिष्पर्धामा उत्रिएका छन् । यस अघि अनियमितता मुछिएका डिपि चापागाँईसमेत प्रतिष्पर्धामा छन् ।
उता खानेपानी अन्तरगतकै महशुल निर्धारण आयोगमा अध्यक्षदेखि सदस्यहरुको पद बर्षाैदेखि रिक्त छ । यस अघि ओली सरकारकै पालामा नियुक्तिको प्रक्रिया अघि बढेको भए पनि त्यसलाई बर्तमान देउवा सरकारले उल्टाइदिएको छ ।राज्यमन्त्री सरहको सेवा सुबिधा हुने सो ठाउँमा पूर्व प्रधानमन्त्री ओलीले आफ्नै प्राविधिक सल्लाहकार रहिसकेका र मेलम्ची परियोजना समेत चलाइसकेका घनश्याम भट्टराईलाई पठाउन खोजेका थिए ।
Advertisement 2
संयोग कस्तो प¥र्यो भने २८ असारमा सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर परमादेश दिएको थियो । सोही अघि बसेको क्याविनेटमा घनश्यामलाई अध्यक्ष,प्यूठानका एक जनालाई सदस्य हुने गरी प्रस्ताव पठाइएकोमा मुख्यसचिव शंकरदास बैरागीले माइन्यूट गर्न नमान्दा उनको नियुक्ती हुन सकेन । पछि त्यो फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले खानेपानी मन्त्रालयमै फिर्ता पठाइदिएको छ ।