सरकारले सार्वजनिक गर्यो नयाँ तलबमान, साउन १ गतेदेखि कस्ले कति पाउछ? (पत्र सहित)

काठमाडौं। सरकारले निजामती कर्मचारीसहित विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ताको व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ।
Advertisement 1
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई परिपत्र गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार नयाँ तलबमान लागू गर्न निर्देशन दिएको हो।
परिपत्रअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि नयाँ तलबमान लागू हुनेछ। प्रदेश तथा स्थानीय तहका कर्मचारीका हकमा यो व्यवस्था निवृत्तभरण (पेन्सन) प्रयोजनका लागि समेत लागू हुने उल्लेख गरिएको छ।
Advertisement 2
सरकारले नयाँ तलबमानसँगै एक दिनको तलब बराबरको ग्रेड रकम कायम गर्ने तथा तलब वृद्धिपछि कायम हुने आधारभूत तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि कार्यान्वयनमा ल्याएको छ।
अर्थ मन्त्रालयले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विस्तृत विवरण अनुसूची–१ देखि अनुसूची–८ अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
Advertisement 3
सरकारले बजेटमार्फत घोषणा गरेको तलब तथा सुविधासम्बन्धी व्यवस्था अब औपचारिक परिपत्रसँगै कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको छ। अब सम्बन्धित कार्यालयहरूले नयाँ तलबमानअनुसार कर्मचारीको तलब तथा सेवा–सुविधा निर्धारण गर्नेछन्।



















