डिजीबाट प्याकुरेललाई हटाइयो,मैनाली खटाइयो

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक फेरिएका छन् । ११ महिना अघि त्यहाँ पठाइएका कनिष्ठ सहसचिव नवराज प्याकुरेललाई मन्त्रालयमा तानेर शहरी विकास मन्त्री रामकुमारी झाक्रीले सिनियर सहसचिव पदम मैनालीलाई जिम्मेवारी दिएकी हुन ।
तत्कालीन भवन विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा उक्लिएसँगै तत्कालीन शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले त्यहाँ नवराज प्याकुरेललाई डिजी बनाएर पठाएका थिए । प्याकुरेल कनिष्ठ सहसचिव भए पनि उनलाई त्यहाँ खटाइएकोमा ११ महिना पछि उनलाई तानेर सिनियर सहसचिव पदम मैनालीलाई डिजी बनाएर खटाइएको हो ।
गत बर्ष ७७ साल मंसिर अन्तिम साता साता तेश्रो वरियतामा रहेका प्याकुरेललाई विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।प्याकुरेललाई हिजै त्यहाँबाट तानिएको हो । सो समयमा डिजीका लागि पहिलो दावेदार थिए पदम,दोश्रोमा रामचन्द्र दंगाल ।

Advertisement 1

बरिष्ठलाई मन्त्रालयमा राखेर कनिष्ठलाई महानिर्देशक बनाइएको थियो सो समयमा ।

प्रकाशित :२०७८ कार्तिक ३०, मंगलवार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry