प्रहरी र वकिलबीच घम्साघम्सी
सर्वोच्च अदालत परिसरमा आज घम्साघम्सी परेको छ । आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।
Advertisement 1
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो ।
बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वोच्च गेटबाट चार जना पक्राउ परेका छन् ।
प्रकाशित :२०७८ कार्तिक २९, सोमबार ११:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%