बेत्रावतीमा गोरुजुधाइको रौनक

जुरे गोरुका जोडीबीच पालैपालोको घम्साघम्सी। आकर्षणको केन्द्र बनेका छन् गोरुहरू। कुन गोरुले कसरी जोस र कला देखाएर जुध्यो, सबैको चासो त्यसमै। निकै नै मनोरञ्जनप्रद छ उत्सवस्थल। हजारौँ दर्शक वरिपरि झुम्मिएका छन्। हम्मेहम्मे परेको छ प्रहरी र स्वयंसेवकहरूलाई उपस्थित रमिते दर्शकको भीड व्यवस्थापन गर्न।
Advertisement 1
नेपाल–तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावतीनजिकै ढुङ्गामा बसेर सन्धि भएको थियो । नेपाल र तिब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशुझैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय बताउँछन् । त्यही बेलादेखि बूढापाकाले माघ १ गते गोरु जुधाएर रमाइलो गर्ने परम्परा बस्यो । गोसाइँकुण्ड क्लबले ०५३ सालदेखि त्यसलाई व्यवस्थित गर्दै आएको छ ।
Advertisement 2
स्थानीयका अनुसार तारुकाको गोरु जुधाउने जात्रा सयौँ वर्ष पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको समयदेखि यो निरन्तर चलिरहेको छ । सिंह मावली गाउँ तारुका आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेको र पछि त्यो परम्परा नै बनेको उनीहरूको भनाइ छ । विगतमा तारुकाको कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा हुने गोरुजुधाइ मेला एक दशकयता सबै ठाउँकालाई समेटेर तारुका–५ चन्दनीमा हुँदै आएको छ । जात्रामा नुवाकोट, धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट सयौँ दर्शक आउने गर्छन् ।