सशस्त्र सिरहाद्वारा राज्यकोषमा साढे ४ करोड ५५ लाखको योगदान
सशस्त्र प्रहरी बल सिरहाले गएको एक वर्षमा ४ करोड ५५ लाख २८ हजार ३३६ रुपैयाँ बराबरको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । सशस्त्र प्रहरी बल ७ नम्बर हेडक्वार्टर सिरहाले गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक गरेको हो।
Advertisement 1
सशस्त्रले सबैभन्दा बढी अवैध कपडा, सवारी साधन, पशुचौपाया, हार्डवेयर सामाग्री, मदिरा, औषधि, काठहरु बरामद गरेको सशस्त्र प्रहरी बल ७ नम्बर गणले जानकारी दिएको छ । जसअनुसार गत आर्थिक वर्षमा एक करोड ५९ लाख १० हजार ९६४ रुपैयाँको अवैध कपडा ८९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सवारी साधन ८९ लाख ६९ हजार ५ सय ६७ रुपैयाँ बराबरको खाद्यान्न पक्रेको जनाइएको छ ।
४८ लाख १५ हजार आठ सय रुपैयाँ बराबरको पशुचौपाया, ३६ लाख ९६ हजार ९९९ रुपैयाँ बराबरको हार्डवेयर सामाग्री, १६ लाख १२ हजार नौ सय रुपैयाँ बराबरको मदिरा, तीन लाख ७१ हजार ७९ रुपैयाँ बराबरको औषधि र १३ हजार ६६० रुपैयाँ बराबरको काठ बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको उल्लेख छ ।
Advertisement 2
सिरहाका विभिन्न नाकाबाट सशस्त्रले स्रोत नखुलेको चार लाख ४१ हजार ७६० रुपैयाँ नगद पनि बरामद गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ मा सिरहामा तीन करोड ८६ लाख रुपैयाँ बराबरको अवैध सामाग्री पक्राउ गरेकोमा आर्थिक गत वर्ष झण्डै एक करोड बढी चार करोड ५५ लाख २८ हजार पाँच सय रुपैयाँको त्यस्ता सामाग्री नियन्त्रणमा लिएको हो ।