एउटै सरकारी अड्डा,दुई जना उही दर्जाका हाकिम

साधरणतया एउटा सरकारी कार्यालयमा एक जना मात्र हाकिम हुन्छन् । तर कर्णाली प्रदेशको एउटा सरकारी कार्यालयमा दुई जना हाकिम छन् । उनी दुबै जना हाजिर भइरहेका छन् । यस्तो दृश्य देखिएको हो कर्णाली प्रदेश मातहतको डिभिजन वन कार्यालय बीरेन्द्रनगरमा । त्यहाँ अहिले कार्यालय प्रमुखका रुपमा गोविन्द प्रसाद दहाल र मुन बहादुर रावत दुबै जनाले हाजिर लगाइरहेका छन् ।
Advertisement 1
सरुवा भएर आएका हाकिमका लागि पूरानो हाकिमले ठाउँ नछाडिदिँदा यो समस्या भएको हो ।
त्यहाँ सोही प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख रावत सरुवा भएर गए पनि पूरानो हाकिमले नयाँ हाकिमका लागि ठाउँ नछोडिदिँदा समस्या भएको हो । दाहालको सरुवा चाहिँ त्यहाँबाट उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा भएको छ । यद्यपि उनले रमाना बुझेका छैनन । हाजिरी किताबअनुसार कार्तिक २२ गतेदेखि दुवै जनाले कार्यालय प्रमुखको रुपमा कामकाज गर्दै आएका छन् ।