यी हुन सेवाकालीन तालिमका लागि मनोनयमा परेका उपसचिव र शाखा अधिकृतहरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालीन तालिमका लागि दुई जना उपसचिव र ४ जना शाखा अधिकृत मनोनयन गरेको छ । मन्त्रालयको सचिवस्तरिय निर्णयबाट एडभान्स कोर्स अन म्यानेजम्यान्ट एण्ड डेभलपमेन्टका लागि दुई उपसचिव मनोनयन गरेको हो ।
मन्त्रालयका अनुसार,जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा कार्यरत उपसचिव कृष्णप्रसाद सुवेदी र पुर्नवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट मनोनयन भएका छन् । उनीहरुको तालिम यही २९ कार्तिकबाट प्रारम्भ हुने मन्त्रालयले जनाएको छ ।
यस्तै प्रोफेसनल कोर्स अन म्यानेजम्याण्ट एण्ड डेभलपमेन्ट तालिमका लागि ४ जना शाखा अधिकृत मनोनयनमा परेका छन् । मन्त्रालयको सचिवस्तरिय निर्णयबाट शाखा अधिकृतहरु भोजबहादुर ऐडी (आतिलाल गाउँपालिका),सकलदेव राय (हरिपूर्वा नगरपालिका),उमेश कुमार यादव (जिसस,सप्तरी) र राम नारायण साह (औरही गाउँपालिका) रहेका छन् । शाखा अधिकृतहरुको सेवा कालिन तालिम आगामी १ मंसिरबाट हुने सामान्य प्रशासनले जनाएको छ ।