दुई सचिवको सरुवा

सरकारले दुई सचिवको सरुवा गरेको छ । सरुवा भएका सचिवहरुमा डा. दामोदर रेग्मी र रामप्रसाद थपलिया रहेका छन् ।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका सचिव रेग्मीलाई भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा गरेको छ भने त्यहाँ कार्यरत सचिव थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा तानेको छ ।

रेग्मीलाई दशै अगाडि युवा तथा खेलकुद मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो । उनी त्यहाँ प्रम कार्यालयकै अन्य सचिवहरुसँगको सहकार्यमा र्यापिड एक्सन ट्रान्सफोर्स बनाउने काम टुंग्याएका थिए । यस्ले अब सबै मन्त्रालयको गतिविधिलाई समन्वय गर्दछ ।

Advertisement 2

यस्तै उनकै सक्रियामा प्रदेशको शासकीय स्वरुपको मोडल टुंग्याउने काम भएको छ । सचिव बढुवा भएर ६ महिना गण्डकी प्रदेशको प्रमुख सचिव चलाएका डा रेग्मी करिब आठ महिना युवा तथा खेलकुद मन्त्रालयको प्रशासकीय नेतृत्व गरिसकेका छन् ।

गत १६ गते सरुवा भएका सचिव रेग्मीले आज अपरान्ह भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको पदभार ग्रहण गर्नेछन् ।

Advertisement 3

 

प्रकाशित :२०७९ कार्तिक २३, बुधबार ०९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry