अब निजामती कर्मचारीको उमेर हद ६० बर्ष
एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक रहेकोमा त्यसलाई एकरुपता ल्याउन खोजिएको छ । अहिले निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद फरक–फरक रहँदै आएको छ । निजामती कर्मचारीको उमेर हद (अनिवार्य अवकाश) ५८ बर्ष तोकिएको छ भने स्वास्थ्य रसंसद सेवाका ६० बर्ष । न्याय सेवामा ६५ वर्ष उमेर हद छ । सरकारले स्वास्थ्य सेवामाझैं निजामतीमा पनि ६० वर्षे उमेर हद लागू गर्ने तयारी गरेको छ ।
Advertisement 1
सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन ल्याउने तयारी गर्दैछ । त्यहाँ निजामती कर्मचारीको उमेर हद २ बर्ष बढाएर ६० वर्ष बनाउने तयारी चल्दैछ ।छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले त्यसलाई घटाउनका लागि समेत उमेर हद बढाउन खोजिएको बताइन्छ ।
प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार १४:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%