राप श्रेणी तथा अधिकृतस्तर ( सातौं) तहका कर्मचारीहरुलाई तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकायमा कार्यरत राप श्रेणीका कर्मचारी र स्थानीय तहमा कार्यरत अधिकृत सातौं तहका कर्मचारीहरुलाई तालिमको अवसर छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जापान सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरुलाई उपलव्ध गराउने तालिममा सहभागी हुनका लागि आवेदन माग गरेको हो ।

Advertisement 1


मन्त्रालयका अनुसार तालिम आगामी जनवरी १२ देखि फ्रेवुअरी ०९ तारिखसम्म चल्ने छ । योग्य र इच्छुक कर्मचारीहरुले अलाइनबाटै आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।
झण्डै २७ दिन चल्ने सो तालिममा सहभागी हुनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत राप श्रेणीका तथा स्थानीय तहमा कार्यरत अधिकृत सातौं तहका कर्मचारीहरुलाई अबको तीन दिनभित्रै अनलाइनबाट आवेदन पेश गर्न भनिएको छ ।

प्रकाशित :२०७७ मंसिर ५, शुक्रबार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry