१४ महिनादेखि अन्याय भुक्तमान गरिरहेका एक सिनियर सह-सचिव


लाखौं कर्मचारीको अभिभावक मुख्य सचिव संवेदनशील नभइदिँदा सिनियर सह सचिवहरु अन्यायमा परेका छन् ।
यसरी अन्याय भुक्तमान गर्ने सह सचिवमा गोकर्णमणि दुवाडीझैं अर्काे सह सचिव पनि थपिएका छन् ।
जो १४ महिनादेखि सचिवमा बढूवा हुन सकेका छैनन् ।
अहिले नेपाल सरकारका ४ सचिव पद रिक्त छ । सचिव बढूवा हुनुपर्ने लाइनमा पनि दर्जनौं बरिष्ठ सह सचिवहरु छन् ।
तर निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीले सचिव बढूवा गर्दा राजश्व सेवाका कर्मचारी च्यापेझैं हालका मुख्य सचिव शंकरदास बैरागीले परराष्ट्र सेवाका कर्मचारी च्याप्ने गरेको भेटिएको छ ।
र उनले प्रशासन सेवा र प्राविधिक सेवा समूहका कर्मचारीलाई पाखा लगाउने गर्दै आइरहेको छन् । जस्को पछिल्लो उदाहरण हो, लोकसेको परामर्श र निर्देशनमा सचिव बढुवा समितिको बैठक आवश्यक समयमा नबसिदिने तर, आफ्ना पूराना कोहि प्यारा सहकर्मीलाई चाहिँ बाह्र घण्टा भित्रै बैठक बसेर बढूवा अनि पदस्थापन गरिदिने । जस्तो उनका सहकर्मी भरतराज पौडेलको हकमा मुख्यसचिव बैरागीले १२ घण्टाभित्रै सचिवमा बढूवा गर्न भ्याएका थिए ।
तर,प्रशासन र प्राविधिक सेवाका यस्ता कर्मचारीहरु पनि छन् । जस्को नाम क्याविनेटमा पाँचौं पटकसम्म पुगेर काटिएको उदाहरण पनि छ । तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीझैं शंकरदास वैरागी पनि प्राविधिक कर्मचारीहरुप्रति सकरात्मक नभइदिँदा विगत १४ महिनादेखि अन्याय भुक्तमान गरिरहेका सह सचिव हुन् सुरेश आचार्यहरु ।
यस अघि लोकदर्शन रेग्मी सचिव हुँदा राजश्व सेवाका जुनियर कर्मचारीहरु टिप्दै सचिवमा उकाल्दै आएका थिए । उस्तै मारमा परेका हुन् नागरिक उड्यान मन्त्रालयमा धेरै पटक निमित्त सचिव चलाइसकेका आचार्य ।
उनी पहिलो पटक गत बर्ष भाद्रमा सचिव बढूवाका लागि सिफारिस भएका थिए । १४ महिना देखि उनको नाम अड्किएको अड्कियै छ । पटक पटक गरी तेश्रो पटक सिफारिस भइसकेको हो ।

Advertisement 1

चौध महिना पछि बल्ल तल्ल बढूवाको तयारी चल्दै थियो त्यही समयमा मुख्य सचिव वैरागी कोरोनाका कारण थलिएका छन् । दुई साताभित्रै उनको नाम क्याविनेटमा सिफारिस हुनुपर्ने हो । यस अघि आचार्यको सिफारिस हुदाँ रामकृष्ण सापकोटालाई सचिवमा बढूवा गरेको थियो उनी राष्टिय पुन निर्माण प्रधिकरणमा जागिर खाइरहेका छन् । उनी मंसिर १५ मा निवृत्त हुँदैछन् । त्यसपछि बरिष्ठताको आधारमा शहरी विकासका महानिर्दर्शेक मणिराम गेलाल (जो प्रधानमन्त्री निकट) एक्ला दावेदार हुन् । उनी सचिवमा बढूवा हुँदा हाल शहरी विकासमा रहेका रमेश सिंहलाई चुनौती हुनेछ ।
यस्तै अन्याय भुक्तमान गरिरहेका सह सचिव हुन् योगेन्द्र कुमार कार्की,गोकर्णमणि दुवाडीहरु । कृषि सेवाका सचिव राजेन्द्र भारीले अवकाश पाएसँगै कृषिमा एक सचिवको दरबन्दी रिक्त छ । तर यस अघि नै सचिव बढूवाको पहिलो नम्बरमा नाम सिफारिस भएर पनि कोपभाजनमा परेका योगेन्द्र कार्की बढूवा हुने लाइनमा छन् । उनी तत्कालीन मुख्य सचिव लिलामणी पौडेलको कोपभाजनमा परेका हुन् । थाहा छैन् मुख्य सचिव कोरोना संक्रमणका कारण कति दिन थलिने हुन् ? बढूवा समितका अन्य सदस्यहरुलाई पनि भोली कोरोना संक्रमण देखिन सक्छ । यसैगरी बैठक नबस्ने हो भने उमेद्धारहरु मारमा पर्दै जाने अवस्थालाई ख्याल गर्ने हो भने सिनियर सचिवलाई निमित्त दिएर काम गर्न दिनु पर्ने थियो । तर मुख्य सचिव बैरागीले निमित्त सचिवको जिम्मेवारी कसैलाई दिएननन् ।
उता लोकसेवा आयोगका एक पदाधिकारीले आफूहरुले सचिव बढूवाका लागि सिफारिस गरेर पठाउँदा समेत क्याविनेटमा पुग्न ढिलाई हुँदा प्रशासन संयन्त्र नै भुत्ते बन्नेप्रति चिन्ता प्रकट गरे । मुख्य सचिवहरु नै कर्मचारीहरुको साझा अभिभावक नभइदिँदा समस्या देखिएको प्रशासकहरु जिकिर गर्दछन् ।

प्रकाशित :२०७७ मंसिर ५, शुक्रबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry