बिबाहबाट बच्न काठमाडौं छिरेकी जानुका आयुक्त बनिन

अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालय । केही यस्ता सेवाग्राही विकास आयुक्तको कार्यकक्ष खोज्दै पुग्छन् । चेयरमा देख्छन्,महिलालाई ।र, प्रश्न तेर्साउँछन्,‘हाकिम सा’ब’ हुनुहुन्न ?
Advertisement 1
गत वैशाखमा प्राधिकरणको विकास आयुक्त नियुक्त भएकी जानुका ढकालले धेरै यस्ता प्रश्नको सामना गरिसकेकी छिन् । सरकारले प्राधिकरणको विकास आयुक्तका लागि ०७७ चैत १२ मा दरखास्त मागेको थियो । ८ जनाले दरखास्त दिएकोमा ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस भएकोमा ओली नेतृत्वको सरकारले ढकाललाई विकास आयुक्तमा नियुक्त गरेको थियो । ढकाल यस अघि काठमाडौं विकास प्राधिकरण (संस्था)नचिनिने,व्यक्तिमात्र चिनिने बिगतको स्थितीलाई ‘ब्रेक’ गर्ने ढंगबाट आफूले काम गरिरहेको सुनाउँछिन् । उसो त यस अघि प्राधिकरणको कमाण्ड केशव स्थापित,योगेश्वर पराजुली हुँदै भाइकाजी तिवारीहरुले गरे । विकास आयुक्तको रुपमा प्राधिकरणमा चौथो भए पनि पहिलो महिला विकास आयुक्तको रुपमा रेकर्ड ब्रेक गर्न सफल भएकी छिन् । पत्रकारिताको पृष्टभूमिबाट आएकी ढकालले यहाँसम्म कम्ता पापड पेलेकी छैनन् ।
फ्ल्यास ब्याक
बुवासँग ‘विद्रोह’ गरेर स्वप्ननगरी काठमाडौं भित्रिएपछि उनी परिचित भइन,दुख,अभाव र कष्ठहरुसँग । भन्छन नि मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्ना इतिहास (विगत) । प्राधिकरणको कार्यालयबाटै फ्ल्यासब्याकमा फर्कदैछिन उनी यतिखेर । एक प्याकेट पाउरोटी तीन दिन पुर्याएको क्षण उनी जीवनमा कहिल्यै बिर्सन सक्दिनन् ।
यस्तै अभाव र तनावको बीचबाट उठेकी हुन जानुका । ‘प्लस टु सकिएपछि पिताजी सुयोग्य बर खोजेर पराई घर पठाउन चाहनुहुन्थ्यो तर म कम्तिमा स्नातकत्तोरसम्मको अध्ययन गर्न चाहन्थें ।’
Advertisement 2
उनले ढिपी कसिन, ‘मलाई केही चाहिँदैन विवाह गर्ने पैसा दिनुहोस, पढ्छु ।’ तर बुवा कन्भिन्स भइरहनुभएको थिएन । उनी विवाहबाट बच्नकै लागि सही काठमाडौं छिरिन् । बाहनाबाजी मिल्यो प्लस टुको सर्टिफिकेट निकाल्ने । मनभरी सपना र झोलाभरी भविष्य बोकेर भित्रिएको यो शहर कहाँ प्रिय थियो र ? सास अडाउनका लागि उनी कामका खोजीमा लागिन ।काम त भेटियो इन्सिच्यूडमा । महिनौ काम गर्दा पनि तलब नपाए पछि छोडिन । सहकारीमा काम भेटियो । त्यो पनि उस्तै तन्नम संस्था रहेछ । फोकटमा तीन महिना श्रमदान गरिन । यस्ता भुक्तमानको श्रृंखला ०५७ सालसम्म जारी रह्यो ।
Advertisement 3
आरोह/अवरोह
त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । स्वास्थ्य,खाद्यान्न,महिलादेखि जनचेतनाका इस्यु बोकेर उनी जिल्ला जिल्लामा सक्रिय रहेर काम गर्न थालिन । त्यही एनजिओहरुमा काम गर्दा देशका ६७ जिल्ला घुम्ने मौका मात्र पाइनन्,त्यहाँका महिलाहरुका स्थिती नजिकबाट जान्ने मौका पाइन ।
सन् ०१० मा डेनमार्गको एक एनजिओमा काम गर्न अवसर पाइन । सो एनजिओको नेपालको अध्यक्ष भएर तीन बर्ष संस्था चलाएकी उनले महिला सशक्तिकरण नेपाल कमाण्ड गर्थिन,आयुक्त हुनु अघिसम्म । यस्का अलवा नवनारी इन्जिनियरिङ सोलुसन चलाएकी छिन् कार्यकारी अधिकृतको रुपमा । शहरी विकास मन्त्रालय मातहत रहेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा र कन्सलटेन्ट र एक्सपर्टका रुपमा काम गरिरहँदा तत्कालीन सचिव मधुसुदन अधिकारीले उनको क्षमता पहिचान गरी अधिकार सम्पन्न वाग्मति परियोजनाको वोर्ड मेम्बरका रुपमा नियुक्त गरे । बीचमा सोही परियोजना अध्यक्षविहिन भयो । एप्लाई गरिन ।
पहिलो नम्बरमा उनको नाम निस्कियो तर तेश्रो नम्बरमा नाम निस्किएको व्यक्तिलाई नियुक्ति दिइयो । जब भाइकाजी तिवारी उपत्याका विकास प्राधिकरणको प्रमुख आयुक्तबाट हटे । सरकारले प्रमुख आयुक्तको आवेदन माग्यो । त्यहाँ ८ जनाले आवेदन दिएका थिए । सर्ट लिष्टिङमा डा. श्यामसुन्दर बोहोरा,भुपेन्द्रप्रसाद अर्याल र जानुका ढकालको नाम थियो । कुनै पार्टीको झण्डा नबोक्ने वा कुनै पार्टीको सदस्य नरहेका कारण जानुकालाई आफू नियुक्त हुन्छु भन्ने विश्वास थिएन । उसो त यस अघि नै अधिकार सम्पन्न बाग्मति परियोजनामा पहिलो नम्बरमा नाम निकालेर फालिएकी । त्यही कारण आशावादी थिइनन् । तर १९ वैशाखको क्याविनेटले ढकाललाई विकास आयुक्तमा नियुक्त गरियो ।
के गर्दैछ उपत्यका विकास प्राधिकरण ?
काठमाडौं उपत्याका विकास प्राधिकरणको पहिलो महिला विकास आयुक्त भएर कार्यकक्षमा छिर्दा जुन उर्जा थियो । त्यहाँ छिरेपछि अर्कै स्थिती पाइन,उनले ।
प्राधिकरले गर्नुपर्ने काम नगरिरहेको तर नगर्नुपर्ने काम गरिरहेको थियो । मापदण्ड फ्लोअप भएको वा नभएको,अनुगमन,नियमन,नयाँ नहर,बाहिरी चक्रपथको काम गर्नुपर्ने हो तर त्यसमा कामै भइरहेको थिएन ।
जानुका प्रमुख बनेर आएको सात महिना पूरा भइसकेको छ । यो बीचमा काठमाडौं उपत्याकामा भएका सार्वजनिक जग्गा संरक्षण गर्ने ढंगले काम हुँदैछ जसमध्ये २८ वटा पार्क बन्दैछ । यस्का अलवा प्रत्येक जिल्लामा एउटा नमुना पार्क बनाउने काम अघि बढेको छ । जसमध्ये चम्पादेवी जेष्ठ नागरिक पार्क कीर्तिपुरमा टेण्डर प्रक्रिया,चिल्ड्रेन पार्क,सल्लाघारी,तीनकुनेमा पार्क लगायत छन् । यस्तै, धोबिखोला करिडोर सम्पन्न हुने चरणमा छ । नयाँ नगरको चर्चा परिचर्चा धेरै अघि देखि उठेको भए पनि प्रगति थिएन । क्याविनेट जानुपर्ने तर प्राधिकरणमा थन्किरहेको फाइल अहिले भौतिक विकास समितिमा पठाउने तयारी चल्दैछ । उनका अनुसार,चोभार संतुगलको ट्रयाक खोल्ने काम प्रारम्भ भइसकेको छ । बाहिरी चक्रपथको काम अगाडि बढ्दै छ ।
सबैभन्दा बढी समस्या छ,सार्वजनिक जग्गामा,कतै मिच्चिएको वा कतै गुठी,त कतै व्यक्तिको जग्गा परेको । मुअब्जाको लफडा अर्काेतिर छँदैछ । कतै सर्वसाधरणले भनेजति मुअब्जा लिन नमानेर समस्या । प्रमुख आयुक्त ढकाल प्राधिकरण स्वायत्त हुन नसकेकोमा चिन्ता पोख्छिन् । प्राधिकरण स्वायत हुनका लागि आफैं कमाउने हुनुपर्ने र सोही ढंगले आफूले काम गरिरहेको सुनाउँछिन् ।
समाजशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरेकी ढकाल अवसर आफैं आउने तर अवसरका लागि आफैं तयार भएर बस्नुपर्ने सुनाउँछिन् ।महिलाको सफलतामा पनि पुरुषको हात र साथ हुन्छ । म एक्लै यहाँसम्म आइपुगेको होइन । उहाँको सर्पोट नभएको भए म यहाँ हुन्थेंन ।
विनोदको साथ र हात
गीत संगीत र मिडिया क्षेत्रमा जमेका विनोद पछाँईसँग लगनगाँठो कसेकी उनी आफ्नो सफलताको पछाडि श्रीमानको साथ र सहयोग अतुलनीय रहेको सुनाउँछिन् ।
जीवनको लामो कालखण्ड नारी महिला अधिकारको क्षेत्रमा काम गरेकी उनी गाउँमा भन्दा बढी महिला हिंसा काठमाडौं भित्रै हुने सुनाउँछिन् । उनी भन्छिन,हामी जति ठूला ठूला आर्दशका कुरा गर्छौ काठमाडौंमा बसेर । यही शहरभित्र महिला सबैभन्दा बढी पीडित देख्छु । गाउँमा श्रीमान श्रीमती मिलेर काम गर्दछन् तर शहरमा जिम्मेवारी बाँडफाड नहुनेमात्र होइन यही शहरभित्र कुनै महिला उपल्लो तहमा छ भने कति खेदो खनिने परिपाटी रहेको र त्यो पनि एक प्रकारको महिला हिंसा भएको उनको भनाई छ ।
गीत संगीतमा मात्र होइन उनी सामाजिक काममा समेत उत्तिकै दत्तचित्त भएर लागेकी छिन् ढकाल । उनकै अगुवाईमा गुल्मीमा माझीका बालबालिकालाई अध्ययन अध्यापनमा सघाइरहेका छन् ।