प्राचार्य रत्नमान श्रेष्ठको अग्रसरतामा जनविकास मावि यसरी बन्यो एउटा अब्बल सरकारी विद्यालय

Advertisement 1
अञ्जनकुमार हिमाली
नेपालीमा एउटा उखान छ हिँड्ने गोरुको पुच्छर निमोठ्ने । त्यस्तै हालत छ जनविकास मावि वेसीशहरका प्रअ रत्नमान श्रेष्ठको । हुन् त दैव लागोस् दिन नलागोस् पनि भन्छन् । खुट्टा तान्न खोज्नेहरूले जति प्रयास गरेपनि अडिग छन् श्रेष्ठ । आफ्ना बच्चा निजीमा पढाएर सरकारी विद्यालयलाई राजनीति थलो बनाउन खोज्ने केही शिक्षकका लागि कालो अरिङ्गाल जस्तै हुन श्रेष्ठ । २०६७ कार्तिकदेखि सो विद्यालयको प्रअ नियुक्त भएसंगै उमेरले आफूलाई बढा ठानेकाहरूको लागि उनी पाच्य भएनन् ।
भाँजो त्यही बेलादेखि शुरू भयो । उनी विद्यालयको शैशिक गुणस्तर, भैतिक संरचना निर्माणमा दिनरात खटिए । सदरमुकामको विद्यालय भएरपनि भैतिक अवस्था निकै कमजोर थियो । तर उनले भवन निर्माणका लागि शैक्षिक महोत्सवनै लगाए । आर्थिक उपार्जनपनि गतिलै भयो । कुरा काट्नेले त्यहाँ पनि छाडेनन् । आर्थिक हिनामिनाको आरोप लगाएर नगरपालिका मात्रै हैन अख्तियारसम्म पुगे। विरोधीहरूको केही पार लागेन । काम पाइन बुढी पाडाको नाइटो कनाई भने झै केही शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु बारम्बार उनलाई डस्ने दाउमा थिए । अडिट भइसकेको आयव्याय विवरणलाई पुन लेखा परीक्षण गर्न लगाए । एकथरी मानिसहरुको खेतीपाती कसरी हुन्छ उनलाई डाम्ने भन्नेनै हुन थाल्यो। कहिले नगरपालिकामा त कहिले सिडिओ कार्यालयमा उजुरीपत्र बोक्दै हिँड्न थाले । भुक्न थाले गँवार हात्ती चले सवार भने झै रत्नमानले आफ्नो याेजनामा विश्राम लिएनन् । १२ कक्षामा विज्ञान, सिभिल इन्जनियरिङको पढाइ शुरू गरे ।

अङ्ग्रेजी माध्यममै पढाइ शुरू भयो ।अनि निजी विद्यालय छाड्दै जनबिकासमा विद्यार्थीको ओइरो लाग्यो । शैक्षिक माफियाहरूको लागि उनी टाउको दुखाइ बने । कुनै बेला माओवादीको नीति जस्तो, ढाडमा टेकेर टाउको गिड्ने भनेझै निजी स्कूलसंग मिली विद्यालयकै केही अराजकहरुले रत्नमानलाई कसरी हटाउन सकिन्छ भनेर चाल चलेपनि केही सीप लागेन । सर्वोच्च अदालतले समेत प्रअ रत्नमानलाई शंका गरेन । कसैले चाहेर मनोकामना पुरा नहुने भो । आफूहरुलाई रैथाने ठान्ने केही मान्छेहरू उनलाई अन्यत्रबाट आएर राज गर्ने भनी आरिस पनि त्यत्ति नै गर्न थाले । २०७३ भदौमा लगाइएको सप्ताव्यापी शैक्षिक तथा धार्मिक महोत्सवमा उठेको रकम हिनामिना गरेको आरोप लगाएपनि पुष्टी हुने कुनै आधार थिएन । किन कि सो महोत्सवको मूल आयोजक समितिका संयोजक नै पूर्व प्रअ बुद्धिसागर बराल थिए । आर्थिक कारोबार उनैको रोहबरमा हुने भएकोले श्रेष्ठको त्यहाँ कुनै हात हुने कुरा भएन ।
साथै बरालले समेत आरोप मिथ्या भएको बताउँदै आए । यही झमेलामा कारण बिद्यालय ब्यवस्थापन समितिको म्याद गुज्रेको लामो समयहुँदा समेत समिति बन्न सकेको छैन । नेता मास्टरले विश्रामको थलो बनाउन खोजें पनि श्रेष्ठले त्यसो हुन दिएनन् । नेता भनौदालाई पनि मेलोमा दल्न श्रेष्ठ पछि परेनन् । र त उनका विरूद्ध अनेक तानाबाना बुन्न थाले । श्रेष्ठलाई निकाल्न अनेक प्रपञ्च रचिएपनि कामप्रति इमान्दार देखिएका प्रअ श्रेष्ठ सतिसाल झै अडिएका छन् । स्कूल बनाएरै छाड्नेमा ढृण छन् ।
प्रकाशित :२०७८ बैशाख २४, शुक्रबार ०९:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%