राष्ट्र बैंकमा निलमको रेकर्ड ब्रेक,बनिन पहिलो महिला डेपुटी गभर्नर


राष्ट्र बैंकले ५६ बर्षे इतिहासमा पहिलो महिला डेपुटी गर्भनर पाएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।तत्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि केही दिनदेखि सो पद रिक्त थियो । गभर्नर महाप्रसाद अधिकारीले मिश्र र ढुंगानासहित डा. गुणाकर भट्ट र देवकुमार ढकालसहित ४ कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । सिफारिस ४ नाममध्ये कार्यकारी निर्देशकको वरियताक्रममा तेश्रो स्थानमा रहेकी ढुंगाना र तेह्रौं स्थानका मिश्रले बाजी मारेका हुन् ।

Advertisement 1

हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख हुन् भने ढुंगाना सार्वजनिक ऋण ब्यबस्थापन विभागकी प्रमुख हुन् । ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत भएकी छिन् ।

शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त थिए ।

Advertisement 2

डा निलम ढुंगाना राष्ट्र बैंकमा हाल एकमात्र महिला कार्यकारी निर्देशक समेत हुन् । २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनी २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन् ।व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने उनले बैंकिङ सिस्टममा विद्यावारिधी समेत गरेकी छन् ।

प्रकाशित :२०७७ फाल्गुन २६, बुधबार ०६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम