अनि चम्कन थाल्यो भैरब मावि……

कोही व्यक्ति धेरै इमान्दार र सीधा पनि बन्नु हुँदैन । जङ्गलमा पनि सबैभन्दा पहिले सिधै रुख काटिन्छ । त्यस्तै सबभन्दा इमान्दार मान्छेले सबभन्दा पहिले कष्ट उठाउनुपर्छ भन्ने चाणक्य नीति यहाँका एक इमान्दार शिक्षकको जीवनमा हुबहु मेल खाएको छ ।
मेयरका भाइ नभएको भए षणयन्त्र यो चंगुलमा फस्दैन्थे की साहेद।

Advertisement 1

कुरा भैरब मावि राइनास नगरपालिका लमजुङको । बेथेति, राजनीति क्रिडास्थल जस्तै सो विद्यालय रामप्रसाद गुरुङ प्रअ र सिंह बहादुर थापा अध्यक्ष भएदेखि चम्कन थालेको थियो । शिक्षामा गुणस्तर फड्को मार्दै ५० औं करोडको भव्य भवन समेत बन्यो । गफ चुटेर दिन कटाउने शिक्षकको कटौती हुँदै सेलेक्टेड कर्मबीर शिक्षक खुला प्रतिस्पर्धाबाट आए । भैरब माविलाई मोहरा बनाएर राजनीतिक अभिष्ट पुरा गर्नेहरूको स्वार्थको दिन कटेपछि फण्डा यस्तो रचिएछ ।

गत जेठ १९ गते बार्षिक परीक्षाको नतिजाको तयारीमा थिए प्रअ रामप्रसाद गुरुङ, शिक्षक कृष्ण पन्थी र प्रकाश थापा बिहान ६ बजेदेखि नै । बिहानै शिक्षक थापालाई खोज्दै ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी पुगेर शिक्षक थापालाई खोज्यो । गेटमै बोलाएर त्यहींबाट हेडमास्टरलाई नै पत्तो नदिई केही सोधपुछ गर्नु छ भनेर लगे । जिप्रका पुगेपछि मात्रै शिक्षक थापालाई थाहा भो उनलाई आफ्नै स्कूलको छात्रालाई करणी गरेको आरोप लगाइएको रहेछ । छात्रा पनि सगै । केही बेरमै प्रअ रामप्रसाद गुरुङ र नगर प्रमुख सिंहबहादुर थापा पनि जिप्रका पुगे । प्रअ गुरूङलाई देख्न साथ पीडित भनिएकी छात्रा रुन लागिन् । यो हुँदै नभएको आरोप लगाएर प्रकाश सरलाई फसाउन खोजेको भन्दै रुन थालिन् ।

Advertisement 2

महिला सेलका प्रहरीले पीडित भनिएकी छात्रासंग गोप्य रूपले सोधपुछ गरे । डिएसपी आफैले तिम्रो लागि हामी छौं यदि तिमी माथि अन्याय भएको हो भने निर्धक्क भन हामी तिमीलाई न्याय दिलाउँछौ भनेर सोधपुछ गरे । कसैको डिजाइनमा छात्रालाई रंगाएर जिप्रका पुर्याए पनि उनले झुट बोल्न सकिनन । प्रहरीले आरोपित शिक्षक थापालाई पनि सोधपुछ गरी छाडिदियो ।

Advertisement 3

साथी साथी गफ हुँदा कुन शिक्षक मनपर्छ भन्ने क्रममा पीडित भनिएकी बालिकाले अङ्ग्रेजी शिक्षक प्रकाशको नाम लिएकी रैछिन । यसो त प्रकाश सबै विद्यार्थीहरूको प्रिय बनेका रैछन । यो कुरा गाउँकी इन्दिरा थापाले चाल पाएपछि पीडित भनिएकी छात्रालाई प्रकाशसंग जोडेर अनेक यौनिक कुराहरू गरेपनि छात्राले हुँदै नभएको कुरामा प्रकाशलाई झोसिनन् । नगरपालिकाकी उपाध्यक्ष धनकुमारी गुरुङले पनि एक्लै राखेर धेरै बेर छात्रालाई केरकार गरिन् ।

अनि चम्कन थाल्यो भैरव माविछात्राले यो सब सरलाई फसाउन खोजिएको बताईन । यही कुरा राजपाका नेता राजु थापा हुँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेको कानमा पुग्यो । प्रकाश, मेयर सिंह बहादुरका भाइ । मेयरले राम्रै काम गरेका छन् त्यहाँ । आगामी निर्वाचनमा पनि उनैको चर्चा र जित्ने सम्भावना प्रबल ।

भाइलाई आरोप लगाएर मेयरको अनुहारमा कालो पोत्ने प्रपञ्च । २० गते यसै विषयलाई लिएर विद्यालयमा बैठक बस्यो । प्रअ गुरुङले निराधार आरोप लगाएर शिक्षक, विद्यार्थी र विद्यालयकै बदनाम गराउन खोज्नेलाई माफी माग्न लगाउने र आइन्दा यस्ता अवाञ्छित कुरा उठाउन नपाइने भनेर बैठक सकिएको थियो । तर २२ गते १० बज्दा नबज्दै केही महिलाहरु विद्यालयलाई यौनालय बनाउन पाइँदैन । नालायक प्रअ राजीनामा दे बलात्कारी मास्टरललाई कारबाही गर भन्दै जसका बच्चा सो विद्यालयमा पढ्दैनन् उनीहरू नै नाराबाजी लगाउन पुगे । कांग्रेस पत्रकारहरूले बलात्कारी शिक्षकलाई उन्मुक्ति, प्रहरीले उजुरी लिनै मानेनन भनेर सनसनी मच्चाए । जहाँ कसैले किटानी जाहेरी गरेकै थिएनन् ।

२३ गते यसै विषयमा बैठक बस्यो । अध्यक्ष पाण्डेले नामै किटेर पाँचजना शिक्षक हटाउन भने । पाण्डेले प्रहरीलाई पाँचदिन मात्रै भएपनि प्रकाशलाई थुन्न दबाब दिएका थिए । तर बिना आधार जहाँ की पीडित भनिएकी छात्रा आफैले हुँदै हैन् भनेपछि के कारण शिक्षक लाई थुन्ने रु डिएसपी रिसाए । अध्यक्ष पाण्डेको यस्तो कुराले प्रअ आक्रोशित बने जो विद्यालय बनाउन मरिमेटेका छन् सक्षम छन् यस्ता शिक्षकलाई किन हटाउने भनी प्रतिप्रश्न गरेपछि उल्टो हेडमास्टरलाई की राजीनामा दे नत्र कारबाही गर्छु भनेर ध्वाँस दिएपछि प्रअ गुरुङले तपाईं डाँका यो तेरो चेस नेपाल हो ?  म तेरो चेस नेपालको कारीन्दा हुँ की घरको गोठालो ? तैंले आइज भन्दा आउने तैंले राजीनामा दे भन्दा खुरुक्क राजीनामा दिएर हिँड्ने  ? आएको दुईमहिना पनि भएको छैन स्कुलमा भाडभैलो मच्चाउन खोज्ने ? राजीनामा मैले हैन अब तैंले दिनुपर्छ भन्दै कड्किए । खासै राम्रो छवि नभएका पाण्डे एमालेकै सदासयतामा अध्यक्ष बनेका थिए । सियो बनेर छिरेका पाण्डेले मुसल बन्ने चेष्टा गरेपछि प्रअले लिपरिदिएका थिए ।

२०१४ सालमा स्थापित सो विद्यालय २०३३ मा निमावि हुँदै ०५३ मा मावि भएको हो । बलराम अधिकारी, गोविन्द ओलिया, जनकराज श्रेष्ठ प्रअ रहेका बखत स्कूल काँग्रेसी पार्टी कार्यालय जस्तै थियो । पार्टीको झण्डा, सदस्यता कार्ड, सहयोग रसीद लेटर प्याड देखि छाप प्रअको दराजमा हुन्थे । भैरव मावि विद्यालय भन्दा काँग्रेस पार्टी कार्यालय जस्तो थियो । रोईकराई दुईमहिना अघि अध्यक्ष बनेका राजकुमार पाण्डेले आफ्ना फेवरका विनोद कोइराला जस्ता प्राविका शिक्षकलाई भित्र्याएर पार्टी कार्यालय बनाउने योजना मुताविक शिक्षक हटाउन खोजेका थिए । तर उनैलाई राजीनामा नदिएसम्म विद्यालय सञ्चालन नगर्ने भन्दै सम्पूर्ण शिक्षक र विव्यासले समेत निर्णय गरी जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय लगाएत सम्बन्धित निकायमा बोधार्थ बुझाएका छन्  भने पीडक भनिएका शिक्षक प्रकाशले आफूलाई झूटा आरोप लगाएर बेइज्जत गर्ने संचारमाध्यम, र योजनाकारहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङमा गत आईतबार उजुरी दर्ता गराएका छन् । भने अध्यक्ष पाण्डे पास्ट इस पास्ट भन्दै यो कुरा मिलाउन प्रअ रामप्रसाद गुरुङसंग अनुनय बिनय गरेको खबर छ ।
अन्जनकुमार

प्रकाशित :२०७८ असार ३, बिहीबार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry