३१ जनाका लागि खोलिएको विज्ञापनमा ६० जनाको प्रतिष्प्रर्धा,अधिकांशमा आवेदन नै परेन

 

Advertisement 1

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका एघारौं तहका विभिन्न  उपसमूहको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले मेडिसिन,जनरल मेडिसिन,नेप्रोलोजी,कार्डियोलोजी,फरेन्सिक मेडिसिन,सर्जरी,रेडियोलोजी,डर्माटोलोजी लेप्रोलोजी,साइक्याट्री,पेडियाट्रिक्स,एनेस्थेसियोलोजी, लगायतका एघारौं तहका विभिन्न उपसमूहमा गत साउन दोश्रो साता लिएको परीक्षाको लिखित नतिजा सार्वजनिक गरिएको लोकसेवाले जनाएको छ ।
आयोगको सूचना अनुसार,विभिन्न पदमा ३१ जनाका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षमा ६० जनाले भाग लिएका थिए । आयोगले निकालेको सूचना अनुसार,फरेन्सिक मेडिसिन तर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा कुनै उम्मेद्धारी नै परेन ।

यस्तै,न्यूरो सर्जरीमा १ जना माग गरिएकोमा कसैको आवेदन परेन । अर्थाेपेडिक सर्जरीतर्फको आन्तरिक प्रतिष्प्रर्धामा १ जना माग गरिएकोमा कसैको उम्मेद्धारी नपरेको लोकसेवा आयोगले जनाएको छ ।
पेडियाट्रिक सर्जरीमा १ जना माग भएकोमा लिखित परीक्षामा कसैलाई आवेदन दिएनन ।  एनेस्थेसियोलोजीतर्फ २ जना माग भएकोमा कसैले लिखित परीक्षामा भाग लिएनन । गाइनोकोलोजीतर्फ एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी एक जना अनुत्र्तिण भए ।लोकसेवाले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजा अनुसार,विभिन्न १३ वटा पदमा आवेदन नै परेन । ती रिक्त अबस्थामा रहेका छन् ।

Advertisement 2

लोकसेवाले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजा अनुसार,विभिन्न १३ वटा पदमा आवेदन नै परेन । ती रिक्त अबस्थामा रहेका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नर्सिङ प्रशासक पदमा सबैभन्दा बढी आवेदन परेको छ । सो पदमा १ सिटमा पदपूर्ति गर्न निकालेको विज्ञापनमा ५० जनाले परीक्षा दिएका थिए तर लिखितमा १ जना बन्दना थापाले मात्रै नाम निकालिन । यस्तै सोही पदमा खुल्ला तर्फबाट खुलाएको एक सिट पनि ५० जना सहभागी थिए । तर अन्तरवार्ताका लागि तीन जनाले मात्रै नाम निकालेका छन् । त्यसमा कविता पाण्डेय, संगिता श्रेष्ठ, हिराकुमारी निरौला मात्रै रहेका छन् ।

प्रकाशित :२०७८ कार्तिक १७, बुधबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry