एकजना अधिकृतको भरमा नागरिकता र राहदानी

गुल्मीमा एकजना प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहदानीको काम भइरहेको छ।

Advertisement 1

जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत उद्धव पन्थीले एक्लै नागरिकता र राहदानी प्रमाणितको काम गरिरहेका छन्। दुईजना प्रशासकीय अधिकृतमध्ये ज्ञानकुमारी भुसाल तीजपछि बिदामा छन् भने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी पनि सरुवा भएका छन् ।

चाडवाडपछि नागरिकता बनाउनेको भीड लाग्ने समयमा एकजना प्रमुख प्रशासकीय अधिकृत मात्रैलाई नागरिकता र राहदानीको काम थेग्न कठिन भएको छ। प्रशासनको सिस्टमले दैनिक ७० भन्दा बढी नागरिकता दिन मुस्किल पर्छ।

Advertisement 2

एउटा कम्प्युटरबाट बाहेक नागरिकता प्रिण्ट गर्न मिल्दैन। १५ दिनको अवधिमा सरदर दैनिक एक सयलाई नागरिकता दिएको पन्थीले बताए। कात्तिक महिनाको १६ गतेसम्म १ हजार ३३९ नयाँ नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry