स्थानीय तह र प्रदेशका अधिकृतहरुलाई सेवाकालीन तालिमको अवसर (सूचनासहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत तहका कर्मचारीहरुलाई सेवकालीन तालिमका लागि मनोनयन फाराम भर्न सूचना निकालेको छ । प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत छैटौं र सातौ तहका अधिकृतहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण दिन लागेका कारण मनोनयन दर्ता गर्न आह्वान गरेको हो ।

Advertisement 1

प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सहसचिव कुमार प्रसाद दाहाल हस्ताक्षरित पत्रमा आगामी साउन ३० गतेबाट सञ्चालन हुने सेवाकालीन प्रशिक्षण कार्यक्रममा भाग लिन योग्य र इच्छुक कर्मचारीले आगामी सायन २० गतेभित्र मनोनय फाराम भरेर बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । तालिम लिनका लागि हाल बहाल रहेको पदमा २ बर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/talim.pdf”]

प्रकाशित :२०७९ श्रावण १०, मंगलवार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम