को हुन बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे ? (यस्तो छ बिगत)

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । मुख्यमन्त्री भएकको ७१ औँ दिन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
शाक्य गत भदौ २ गते तत्कालीन नेकपा एमालेबाट बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएकी थिईन । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ । बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ । एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ ।
राजेन्द्र पाण्डेको आजभन्दा ६५ बर्ष अघि धादिगमा जन्मिएका हुन । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका उनी ०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरे । ०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।
०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए । पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, ०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । यस्का अलवा धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा एसको को केन्द्रीय उपाध्यक्ष छन् ।

Advertisement 1

 

प्रकाशित :२०७८ कार्तिक ११, बिहीबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry