स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पुन डा. दिपेन्द्ररमण सिंह
Advertisement 1
स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा दिपेन्द्ररमण सिंह नियुक्त भएका छन् । आजैदेखि ६० बर्ष उमेर हद लागेर डा आरपी विच्छा अवकाश पाएसँगै सो ठाउँमा सिंहलाई खटाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत शुक्रवारको मन्त्रिस्तरीय निर्णय गर्दै विरोध खतिवडाले त्यहाँ सिंहलाई खटाएका हुन् । सिंहले आइतबारै नियुक्तिको पत्र बुझिसकेका छन् ।
सिंह स्वास्थ्य सेवाका १२ औं तहका कर्मचारी हुन । यस अघि विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी खटाइने गरिएको भए पनि देउवाको काँधमा प्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हुँदा गत १९ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै १२ औँ तहका सिंहलाई मन्त्रालय तानेर ११ औँ तहका डा आरपी बिच्छालाई विभागको महानिर्देशक बनाएका थिए ।
फष्ट लेडी आरजू देउवाकै जोडबलमा घर जान तीन महिना मात्र बाँकी भएका जुनियर कर्मचारी डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको डिजी बनाएर पठाइएको थियो ।
यस अघि बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा कार्यरत थिए । बिच्छा परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता भुक्तानीमा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकसम्मको उजुरीका आधारमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले हटाएका कर्मचारी हुन् ।
यसअघि सिंहले १३ महिना विभाग चलाइसकेका थिए तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई हटाएर महानिर्देशकमा बिच्छालाई पठाए भने ६० बर्ष उमेर हद लागेर घर जान लाग्दा समेत क्याबिनेटबाटै अरु दुई बर्ष समय थपिदिए । बिच्छाको विषय विज्ञको रुपमा पदावधी थपिएको र त्यस्तो व्यक्तिले कार्यकारी पद लिन नमिल्ने भएका कारण त्यहाँ सिंहलाई खटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Advertisement 2