‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका कर्मचारी संसारभरको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर नरहेको बताएका छन् ।

Advertisement 1

आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । ‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन । सुरक्षा अंगको कार्यक्षमता पनि राम्रो छ । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमि र सरकारको भूमिकाका कारण सही  व्यवस्थापन गर्न सकिएको छैन । यसपटक सही नेतृत्व र सही व्यवस्थापन गरिन्छ ।’

May be an image of 8 people, people standing, people sitting and indoor

Advertisement 2

प्रधानमन्त्री प्रचण्डले ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा रहने कुरा उल्लेख गर्दै, नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही आफूले त्यही बिषय प्रथामिकतामा राखेको उल्लेख गर्दै सत्तासाझेदार  दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका उल्लेख गरे ।  ‘सुशासनको कुरा राज्यको आम जिम्मेवारी होे । यसमा सरकार गम्भीर छ । भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’
सुशासन र समृद्धिका निम्ति सरकार गम्भीर भएर लाग्छ । यसमा यहाँहरूको थप सहयोग चाहिन्छ । आयोगका लागि चाहिने सबै सहयोग सरकारका तर्फबाट हुन्छ । ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्छ ।’

 

प्रकाशित :२०७९ पुष २४, आईतवार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry